2026-11-02 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा जहाज दुर्घटना : आयोगले सक्यो दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम

माघ १०, काठमाडौँ | पोखरामा १ माघमा भएको जहाज दुर्घटनाबारे अध्ययन गर्न गठित जाँच आयोगले दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम सम्पन्न गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म भएका कामको विवरण सार्वजनिक गरेको हो । आयोगका अनुसार घटना भएकै दिनबाट काम थालिएको थियो । अहिलेसम्म घटनास्थलको विस्तृत निरीक्षणको काम सम्पन्न भएको छ ।

दुर्घटनास्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डर संकलनको काम समेत सम्पन्न भएको छ । आयोगले प्रत्यक्षदर्शीसँग कुराकानी, वायुसेवा सञ्चालकबाट आवश्यक कागजात संकलनको काम समेत सम्पन्न गरेको जनाएको छ । अब नियामक निकाय नेपाल नागरिक प्राधिकरण र मन्त्रालयबाट कागजात संकलनको काम जारी रहेको आयोगको भनाइ छ ।

दुर्घटना जाँचको सन्दर्भमा महत्वपूर्ण सूचना प्राप्त हुने रेकर्डरहरु नेपालमा परीक्षण गर्न नसकिने हुँदा उच्च गुणस्तरसहितको दक्ष जनशक्तिसहितको अन्तर्राष्ट्रिय ल्याबमा पठाउनु पर्ने हुन्छ । सोही अनुसार तयारी भइरहेको आयोगले जनाएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम आयोगले अनुसन्धान गरिरहेको र सबै प्रक्रिया पुरा गरी उडान सुरक्षामा थप सहयोग पुग्ने सुझाव सहितको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गरिने समेत आयोगले जनाएको छ ।

१ माघमा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–९एन–एएनसी जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा ७१ जनाको शव प्राप्त भएको छ । १ जना बेपत्ता छन् । जहाजमा ७२ जना सवार थिए । सोही दिन मन्त्रिपरिषद्को बैठकले पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द