२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा एक अर्बको लागतमा सपिङ कम्प्लेक्स निर्माण

३ आश्विन २०७३, सोमबार ०८:२१

असोज ३, मोरङ ।  एक अर्बभन्दा बढीको लगानीमा विराटनगरमा ११ तले महल ९सपिङ कम्प्लेक्स० निर्माण अघि बढाइएको छ । 

पूर्वाञ्चलको आवश्यकतालाई मध्यनजर गरेर उद्योगपति मोती दुगडले विराटनगर–७ स्थित शिव मन्दिर छेउमा महल निर्माण सुरु गरेको बताउनुभयो । 

एकै स्थानमा सबै सुविधा उपयोग गर्न पाइयोस् भन्ने उद्देश्यले महल निर्माण सुरु गरेको यो महल सम्भवतः नेपालकै ठूलो महलका रुपमा स्थापित हुने र भारतीय सीमाक्षेत्र जोगवनीले जस्तै यो महलको निर्माणले नेपाली ग्राहकलाई आकर्षित गर्ने उहाँले जानकारी दिनुभयो । 

जमिन मुनिको तलामा २५० भन्दा बढी सवारी साधन एकैपटक राख्न सक्ने गरी निर्माण भइरहेको सो महलभित्र सपिङ सेन्टर, डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याइने उद्योगी दुगडको भनाइ छ । 

डिपार्टमेन्टल स्टोर्स पुग्नका लागि लिफ्ट वा बिजुलीबाट चल्ने सिँढी राखिने, महलभित्र हेल्थ क्लब, फुटर्कार्ट, थ्रिडी सिनेमा हल र बच्चाका लागि वाटर पार्क, प्ले जोनको निर्माण हुनेछ । पाँचतारे होटल, स्विमिङ पुल, सभा समारोह गर्ने थिएटर, हलसमेत रहने महल व्यवस्थापनले जनाएको छ । 

एक बिगाहा छ कट्ठा जमिनमा निर्माण हुन लागेको महलमा एक सयभन्दा बढी कोठा रहने र महलको पछिल्लो भागमा होटल रहने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ