Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हात्तीको आक्रमणबाट महिला घाइते

By साझासवाल 2 मिनेट पढाइ

<p><b>माघ ११, काठमाडौँ ।</b> खरखडाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएका एक महिला बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् ।<br></p><p>जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहका अनुसार खर काट्न निकुञ्ज गएकी लालझाडी गाउँपालिका–६ ढक्काका ५५ वर्षीया लल्लु सार्की घाइते भएकी हुन् । प्रहरीका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइतेको बेलौरीमा उपचार भइरहेको छ । गत पुसको तेस्रो साता पनि शुक्लाफाँटा नगरपालिका–१२ मा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीय घाइते भएका थिए ।</p><p>निकुञ्जले मध्यवर्ती क्षेत्रका उपभोक्ताका लागि भन्दै यहाँ दुई दिन खरखडाइ खुला गरेको थियो ।</p>