असोज ३, काठमाडौँ । उपत्यकाबाट लामो तथा मध्यम दूरीका सवारी साधनबाट दसैँमा घर फर्कन चाहनेहरुका लागि असोज ७ गते शुक्रबारदेखि टिकट बुकिङ खुल्ला गरिएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, काठमाडौँ । उपत्यकाबाट लामो तथा मध्यम दूरीका सवारी साधनबाट दसैँमा घर फर्कन चाहनेहरुका लागि असोज ७ गते शुक्रबारदेखि टिकट बुकिङ खुल्ला गरिएको छ ।

"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोज ७ गतेदेखि दसैँको टिकट बुकिङ खुल्ला, यी ठाउँहरुमा पाइन्छ टिकट !

३ आश्विन २०७३, सोमबार ०८:५०

असोज ३, काठमाडौँ । उपत्यकाबाट लामो तथा मध्यम दूरीका सवारी साधनबाट दसैँमा घर फर्कन चाहनेहरुका लागि असोज ७ गते शुक्रबारदेखि टिकट बुकिङ खुल्ला गरिएको छ ।

यातायात व्यवस्था विभागमा आइतबार सम्पन्न विभागका अधिकारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीचको बैठकले यस्तो निर्णय गरेको हो । 

विगत वर्षमा दसैँ आउन एक महिनाअघि नै टिकट बुकिङ खुल्ला गरिन्थ्यो । यसवर्ष ‘रुट परमिट’ नलिई यातायात सञ्चालन भएका कच्ची सडकमा दुर्घटना भई दर्जनौँको मृत्यु भएपछि यातायात सञ्चालनमा रोक लगाइएकाले टिकट बुकिङ खुल्ला गर्न ढिला भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कच्ची सडकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नै अस्थायी ‘रुट परमिट’ दिने निर्देशन दिएपछि टिकट बुकिङ खुल्ला गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले राससलाई जानकारी दिए ।

घटस्थापनाको एक साताअघि असोज ७ गते उपत्यकाका १२ स्थानबाट लामो तथा मध्यम दूरीमा जाने सवारी साधनको टिकट बुकिङ खुला गरिएको छ । गोङ्गबु नयाँबसपार्क, बालाजु, चावहिल, जोरपाटी, साँखु, बनेपा, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलङ्की र पुरानो बसपार्कबाट अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताए ।

“टिकट बुकिङ खुला गरिएका १२ वटै स्थानमा यात्रुका लागि सहयोग कक्ष पनि राखिनेछ, सहयोग कक्षमा विभागका कर्मचारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधि रहनेछन्” – उनले भने ।

सहयोग कक्षले बढी भाडा लिने, दोहोरो सिटको टिकट वितरण गर्ने, टिकटको कालोबजारी गर्नेलगायत समस्या समाधानका लागि पहल गर्ने विभागले जनाएको छ । यसवर्ष दसैँदेखि छठपर्वसम्म लामो तथा मध्यम दूरीका सबै सवारी साधनमा दुईजनालाई मात्र विद्यार्थी सहुलियत दिने महासङ्घका अध्यक्ष खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध