ललित बोहरा/असोज ३, डडेल्धुरा । नेपाली नागरिकको प्रतिव्यक्ति आय बृद्धि हुन नसक्दा गुणस्तरिय उपभोग्य वस्तु उपभोग गर्न सकेका छैन्न । 

बजारमा पाईने दैनिक उपभोग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/असोज ३, डडेल्धुरा । नेपाली नागरिकको प्रतिव्यक्ति आय बृद्धि हुन नसक्दा गुणस्तरिय उपभोग्य वस्तु उपभोग गर्न सकेका छैन्न । 

बजारमा पाईने दैनिक उपभोग"/>

2026-09-19 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रतिव्यक्ति आय बृद्धि हुननसक्दा न्युन गुणस्तर खाद्य वस्तु उपभोग गर्दै उपभोक्ता

ललित बोहरा/असोज ३, डडेल्धुरा । नेपाली नागरिकको प्रतिव्यक्ति आय बृद्धि हुन नसक्दा गुणस्तरिय उपभोग्य वस्तु उपभोग गर्न सकेका छैन्न । 

बजारमा पाईने दैनिक उपभोग्य वस्तु बारे गुणस्तर तथा आमदानीका श्रोत नहुदाँ मानव स्वास्थ्यलाई आवश्यक चिज वस्तु उपभोग गर्न नसक्ने गरेको क्षेत्रीय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय कैलालीका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत उपेन्द्र रायले जनाएका छन । 

डडेल्धुरामा सञ्चालीत दुई दिने पत्रकारहरुलाई खाद्य स्वच्छता रिपोर्टिङ सम्बन्धी तालीममा नेपालीले उपभोग गर्ने बजारका चिज वस्तु बारे सत्य तथ्य जानकारी नहुनु, नेपालमा गुणस्तरिय चिज बस्तु नपाईनु, गुणस्तर मापन प्रभावकारी हुन नसक्नु, प्रतिव्यक्ती आय स्तरमा बृद्धि हुन नसक्नु  लगायतका कारण न्युन गुणस्तर दैनिक उपभोग्य एवं अन्य उपभोग्यका चिज वस्तु उपभोग गर्दै आएको बताएका थिए । 

खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयले उत्पादन देखि उपभोक्ता सम्म स्वच्छ र गुणस्तरिय वस्तु पु¥याउन अनुगमन तथा सचेतना गरि रहेकाले सञ्चाकर्मीले पनि यसमा सहयोग गर्नु पर्ने औल्याएका थिए ।

नेपालका विभिन्न स्थानमा पाईने मुल्यवान जटिबुटी प्रसोधन नहुदा खेर गई रहेको तथा कम मुल्यमा देश बाहिर निर्यात भई गुणस्तर मापन गरी पुनः आयात गरी उच्च मुल्यमा उपभोग गर्नु पर्ने बाध्यता नेपालीको रहेको छ । 

कृषि जन्य वस्तुमा पनि विभिन्न परिकार बनाउने उद्योग सञ्चालनमा नहुदा प्रतिव्यक्ति आय बृद्धि हुन नसकेको अधिकृत रायको भनाई थियो । 

दुई दिने तालिमको समापन समारोहमा सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले अनुगमनमा कडाई गरि कानुनी प्रक्रिया थालिए पनि कार्वाहीका लागी केन्द्र बिन्दुमा पुग्न नसकिने एवं नेपालको उपभोक्ता ऐन ५० साल पुरानो भएकाले समय सापेक्ष नभएको तथा नियम कानुन कडाईका साथ लागु नगरिदा खाद्य प्रविधी तथा गुण नियन्त्रण लिन कठिनाई भएको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई