Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कारागारको किचनमा कैदी बलात्कृत, ३ महिनासम्म किन राखियो गुपचुप ?

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

माघ १६, तुलसीपुर | तुलसीपुर कारागारको गेटभित्र छिरेपछि पश्चिमतर्फ चिटिक्क परेको एउटा दुईतले भवन छ । भवनको भूईं तलामा दर्ता चलानीको काम हुन्छ भने दोस्रो तलामा जेलर र सहायक लेखापालको कार्यकक्ष छ । जेलर र सहायक लेखापालको कार्यकक्षसँगै सटेको रूममा किचेन (भान्सा) पनि छ । किचेन रूम कारागारका कर्मचारीलाई चिया र खाजा बनाउने प्रयोजनमा छ ।

गत कार्तिक १७ दिउँसो २ बज्नै लाग्दा चिसो महसुस भएपछि महिला चौकीदार सीता चौधरी (नाम परिवर्तन) किचेनमा पानी तताउन गइन् । उनी किचेनमा पुग्नासाथ पछिपछि पुरूष चौकीदार खुमबहादुर चौधरी पनि पुगे । उनले सीतालाई विभिन्न प्रकारका धम्की दिएर बलात्कार गरेको आरोप छ । खुमबहादुरले सीतालाई बलात्कार गर्दा दिउँसोको दुई बजिसकेको थियो ।

खुमबहादुरलाई बाहिर नदेखेपछि कारागारका सुरक्षा प्रमुख सई केशव रेग्मीले खोजतलास गरे । नभेटेपछि उनी किचेनतिर गए ।तर, किचेन छिर्ने ढोकामा चुकुल लगाइएको थियो । उनी भर्‍याङको छेउमा उभिए ।

केहीबेरमा खुमबहादुर बाहिर निस्किए । त्यसको केहीबेरमा सीता पनि बाहिर निस्किइन् । यतिन्जेल सई रेग्मीले जेलर रम्बा केसीलाई शंकास्पद गतिविधिका बारेमा रिपोर्टिङ गरिसकेका थिए ।

जेलरले दुवैलाई आफ्नो कार्यकक्षमा बोलाएर सोधपुछ गरिन् । सोधपुछका क्रममा सीताले पानी तताउन किचेनमा गएको वेला खुमहादुरले आफूमाथि जबरजस्ती गरेको बताइन् । उनले आफू बलात्कारमा परेको भन्दै उजुरी लेखिन् । उनको स्वास्थ्य जाँच गरियो र त्यही दिन खुमबहादुरविरूद्व जबरजस्ती करणीको जोहरी दर्ता भयो ।

बलात्कारकै सजाय भोगिरहेका थिए खुमबहादुर

चौकीदारलाई नियमअनुसार कैदी बस्ने जेलबाट कारागारको प्रशासनिक भवनमा आउने सुविधा छ । सोही सुविधा उपयोग गरी कारागारभित्रै बलात्कार भएको हो । जेलर केसीले कारागारभित्रै बलात्कार हुनु दुःखद भएको भन्दै आफैंले पहल गरेर कानूनी उपचार खोजिएको बताइन् ।

कारागारभित्रै कैदी बलात्कार भएको घटना गुपचुप पार्न कारागार प्रशासन लागेको थियो । कारागारभित्र बलात्कार भएको समाचार लेख्न कुनै जरूरी नभएको जेलर केसीले नेपाल प्रेसलाई बताइन् ।

इप्रका तुलसीपुरका डीएसपी पुष्पराज मल्लले कारागारभित्रै बलात्कार भएको उजुरी आएपछि कानूनी कारबाही अघि बढाएको बताए । आरोपी जेलमै भएकाले प्रहरीले हिरासतमा लिन नपरेको मल्लले बताए ।

डीसपी मल्लले भने, ‘हामीले घटनाको अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा मिसिल पठाइसकेका छौं ।’

डीएसपी मल्लका अनुसार बलात्कार आरोपी खुमबहादुर यसअघि पनि बलात्कार मुद्दामै तुलसीपुर कारागारमा कैद भुक्तान गरिरहेका कैदी हुन् । उनले तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टि भएपछि दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेको थियो ।

बलात्कारकै सजाय भोगिरहेका कैदीले कारागारभित्रै फेरि बलात्कार गरेको यो नेपालकै पहिलो घटना भएको डीएसपी मल्ल बताउँछन् ।

सरकारी वकिल कार्यालय दाङले आरोपित, पीडित र कारागारका कर्मचारीलाई बकपत्र गराइसकेको छ । बलात्कृत महिला बैंकिङ कसुरमा सजाय भोगिरहेकी छन् ।