१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको निःशुल्क उपचार

१७ माघ २०७९, मंगलवार ०४:०८

माघ १७, त्रिशूली | त्रिशूली अस्पताल नुवाकोटले जनआन्दोलनका घाइतेको उपचार निःशुल्क गर्ने भएको छ । त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेको अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा यस साताबाट निःशुल्क थालिएको  हो । उहाँको अनुसार बागमती प्रदेश सरकारको सहयोगमा ‘जनआन्दोलनका घाइते’का लागि अस्पतालबाट उपलब्ध रहेको सेवा प्रवाह गर्न प्राप्त कार्यदेशानुसार त्रिशूली अस्पतालले उक्त कार्यक्रम सञ्चालन गरेको छ ।

“जनआन्दोलका क्रममा घाइते भएका व्यक्तिका लागि सरकारले उपलब्ध गराएको परिचयपत्रका आधारमा अस्पतालबाट उपलब्ध सेवा निःशुल्क गर्न थालिएको छ ।” मेसु  डा पाण्डेले भन्नुभयो, “घाइते भएकाहरूको बल्झिएको व्यथामात्र होइन, उनीहरूको स्वास्थ्यमा देखिएका समस्या अस्पतालबाट उपलब्ध सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।”

त्रिशूली अस्पतालमा यसअघिदेखि नै ज्येष्ठ नागरिक र आर्थिकरूपमा विपन्न भएकालाई सामाजिक सेवा एकाइको सिफारिसमा निःशुल्क उपचार पु¥याउँदै आइरहेको छ । ‘अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्ड’मा देशभरकै पहिलो बनेको उक्त अस्पतालमा उच्चस्तरीय प्रविधिका सहयोगमा विशेषज्ञसहितको सेवा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह