लुटपाट तथा चोरी, डकैतीका घटना हुन नदिन बित्तिय संस्थाहरु संग छलफल

 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लुटपाट तथा चोरी, डकैतीका घटना हुन नदिन बित्तिय संस्थाहरु संग छलफल

 

२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

चाडपर्वलाई मार्यादित बनाउन भालुवाङ प्रहरीले सक्रियता बढायो

२०७३, ३ आश्विन सोमबार १५:२१

लुटपाट तथा चोरी, डकैतीका घटना हुन नदिन बित्तिय संस्थाहरु संग छलफल

 

सन्तोषकुमार गुप्ता । असोज, ३ देउखुरी । नजिकिदै गरेको दशैँ, तिहार र छड जस्ता चाडपर्डका समयमा हुन सक्ने लुटपाट तथा चौरी, डकैतीका घटना हुन नदिन ईलाका प्रहरी कार्यालय भालुवाङले केही दिन यता आफ्नो सक्रियता बढएको छ ।

ठुला पर्वहरुमा बढी तथा ठुलो मात्रमा आर्थिक कारोबार हुने चाडपर्वकै समयमा लुटपात, चोरी र डकैटीका घटना पनि बढीमात्र हुने गरेको भन्दै त्यस्ता घटना हुन नदिन भालुवाङ प्रहरीले आफ्नो सक्रियता बढाएको हो । 

चार्डपर्वका समयमा बिशेष गरी चोरका गिरोहहरु सक्रिया हुने र धेरै नागरिकहरु लुट्निे सम्भावना प्रबल हुने भएकोले त्यस्ता घटनाबाट नागरिकहरलाई कसरी बचाउन सकिन्छ भन्दै प्रहरीले नागरिकहरु संग मिलेर छलफल नै चलाएको छ । लुटपाट तथा अपराधिक घटनाहरु प्रहरीको एक्लो प्रयासबाट नियन्त्रण गर्न सम्भव नहुने भन्दै नागरिकहरुको सहयोगबाट धेरै घटना नियन्त्रण गर्न सकिने भन्दै छलफलकै माध्यमबाट निकास खोज्न प्रयास थालिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए ।

यसैबीच लुटपाट तथा चौरी, डकैतीका घटना हुन नदिन भालुवाङ प्रहरीले सोमबार स्थानिय बित्तिय संघ संस्थाहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । लालमटियाको कालिका सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा लालमटिया गाविस भरि रहेका बैङ्क, सहकारी संस्था र रेमिटान्स संस्थाहरु संग छलफल गरेको हो । 


ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीको अध्यक्षता एवम् प्रहरी सहायक निरिक्षक नबिन भट्टराईको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा लुटपाट तथा चौरी, डकैतीका घटना हुन नदिन सबै पक्ष जिम्मेवार हुन पर्नेमा जोड दिएका छन् ।

लुटपाट तथा चौरी, डकैतीका घटनाबाट नागरिकहरुलाई सुरक्षित गराउन नागरिकहरुलाई सचेतना फैलाउनु पर्ने बताएका छन् । उनीहरुले त्यसका लागि बैङ्क, सहकारी संस्था र रेमिटान्स संस्थाहरु पैसा लिन र राख्न आउँदा सुरक्षित कसरी हुने जस्ता बिषयहरु लेखिएका पर्चा पम्मपेट बितरण गर्ने, बजारहरुमा सिसी क्याम्मरा जडान गर्ने, प्रहरी गस्ती बढाउने, सुरक्षा व्यवस्थामा कडाई गर्ने, मदिरा सेवन तथा हो—हल्ला नियन्त्रण गर्ने जस्ता कार्य गर्न प्रहरीलाई आग्रह समेत गरेका छन् । साथै उनीहरुले त्यसका लागि सबै संघसंस्थाहरुले सहयोग गर्ने समेत बताएका छन् ।

कार्यक्रममा सांग्रिला डेभलभमेन्ट बैङ्कका भालुवाङ शाखा प्रमुख महेन्द्र खनाल, बेष्टन डेभलभमेन्ट बैङ्कका भालुवाङ शाखा प्रमुख झग्गुप्रसाद भण्डारी, बैङ्क अफ काठमाडुका भालुवाङ शाखा प्रमुख प्रबिण शाह, समय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमप्रसाद शर्मा, जनजिबिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबराज शर्मा, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हिमाली न्यौपाने, शिवगढी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष ऋषिराम बस्नेत, स्वर्गद्धारी गा्रमिण बिद्युत सहकारी संस्थाका सदस्य जोहरमान मियाँ रहेका थिए ।

यस्तै महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य गुरुप्रसाद ज्ञवाली, पशुबृद्धा आश्रम तथा गिद्ध संरक्षण केन्द्रका संयोजक आत्माराम पोख्रेल, कालिका सामुदायिक वन समूहका सचिव भिमकान्त भुसाल, सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सन्तोषकुमार गुप्ता लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहर्जीकरण सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव उमेश अधिकारीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा