असोज ३, रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा पुनः युनिक विफा घिसिङ निर्वाचित भएका छन् । चौतारीको सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेसनले उनलाई अध्यक्ष पदमा सर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ३, रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा पुनः युनिक विफा घिसिङ निर्वाचित भएका छन् । चौतारीको सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेसनले उनलाई अध्यक्ष पदमा सर्"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

प्रेस चौतारी रामेछापको अध्यक्षमा युनिक विफा

३ आश्विन २०७३, सोमबार १६:००


असोज ३, रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा पुनः युनिक विफा घिसिङ निर्वाचित भएका छन् । चौतारीको सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेसनले उनलाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरेको हो । 

समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश ः कैलाश खत्री, लेखबहादुर विक, प्रज्वल पौडेल र शान्ता श्रेष्ठ छानिएका छन् । सदस्यहरुमा क्रमश पार्वती पाठक, नवराज  श्रेष्ठ, सिता पुरी र शंकर वरुवाल  पनि सर्वसम्मतिले चुनिएका छन् । २ जना सदस्य भने पछि थप गर्ने निर्णय भएको छ । 

अधिवेशनको उद्घाटन  गर्दै चौतारीका केन्द्रिय अध्यक्ष गणेश वस्नेतले प्रेश चौतारी नेपाल नेपालको पत्रकारहरुको व्यवसायीक हित र वैचारिक क्षमता विकासको लागि निरन्तर लागि रहेको बताए । उनले नेपालको पत्रकारीता र नेपाल पत्रकार महासंघलाई उचाईमा पुर्याउने काम चौतारीले गरेको दावि गरे ।

कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य देवशंकर पौडेलले नेपालको पत्रकारीता अझै पनि व्यसायीक र खोजमुलक बन्न जरुरी रहेको बताए । उनले पत्रकारलाई पेशागत धर्म निर्वाह गर्न पनि आग्रह गरे । कार्यक्रममा चौतारीका महासचिव राजेश राई, ३ नं प्रदेश इञ्चार्ज विष्णुमणि सुवेदी, एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जिवि मास्के  लगायतले पनि नेपालको पत्रकारीता र प्रेश चौतारी नेपालको भूमिकाको बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य