असोज ४, विर्तामोड | संविधान दिवसको दिन झापाको विर्तामोडमा ‘भ्रष्ट्रचार न्यूनिकरणका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया गरिएको छ । बागेश्वरी असल शासन, क्लब (बास) "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ४, विर्तामोड | संविधान दिवसको दिन झापाको विर्तामोडमा ‘भ्रष्ट्रचार न्यूनिकरणका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया गरिएको छ । बागेश्वरी असल शासन, क्लब (बास) "/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भ्रष्ट्रचार न्यूनिकरणका लागि अन्तरक्रिया

४ आश्विन २०७३, मंगलवार ००:०२

असोज ४, विर्तामोड | संविधान दिवसको दिन झापाको विर्तामोडमा ‘भ्रष्ट्रचार न्यूनिकरणका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया गरिएको छ । बागेश्वरी असल शासन, क्लब (बास) जिल्ला शाखा झापाको आयोजनामा स्थानीय देवी उच्च माविको सभाहलमा भएको कार्यक्रमका सहभागीले भ्रष्ट्रचार न्यूनिकरणका लागि सबै वर्ग सचेत हुनु पर्नेमा जोड दिए । 

प्रमुख अतिथि जिल्ला विकास समिति झापाका सूचना अधिकृत प्रकाश चौधरीले झापामा भ्रष्ट्रचार न्यूनिकरणका लागि जिविसले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘अहिले देखिएको जटिल विकृति भ्रष्ट्रचारविरुद्ध आवाज उठाउनु हुने तपाईं युवाहरुलाई साथ दिन हामी तत्पर छौं ।’ 

त्यस्तै, जिल्ला ट्राफिक कार्यालयका प्रमुुख डुण्डिराज गिरीले काम छिटो सक्ने बहानामा कर्मचारीलाई लोभ देखाएर प्रोत्साहन गर्नु नहुने बताए । उनले भने, ‘भ्रष्ट्रचारको विषयमा सबैभन्दा धेरै सरकारी कर्मचारीलाई आरोप लाग्ने गरेको छ । तर, सबै कर्मचारी त्यस्ता हुँदैनन् । व्यक्तिको इन्टेन्शनमा भर पर्छ ।’ 

उता, चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै भने, ‘अब हामी सबै आफैं सचेत हुनु पर्छ । हतार नगरी प्रक्रियामा गएर काम गर्नु पर्छ ।’ कार्यक्रममा बोल्दै लक्ष्मीप्रसाद बाँस्कोटा, सागर पौडेल, विवेक सुन्दास, रञ्जन धमला, आदर्श पाण्डे लगायतले भ्रष्ट्रचार गर्नेलाई सामाजिक बहिस्कार गर्नु पर्नेमा जोड दिए । 

बासका अध्यक्ष राजेन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सिर्जना घिमिरेले गरेकी थिइन् । 

पत्रकार पोखरेल सम्मानित 

कार्यक्रमकै अवसरमा पत्रकार गौरव पोखरेल सम्मानित भएका छन् । ग्लोकल टिन हिरो अवार्डको शीर्ष ६ मा पुग्न सफल भएको भन्दै उनलाई प्रमाण पत्र, खादा र दोसल्ला ओढाएर सम्मानित गरिएको हो । उनलाई प्रमुख अतिथि जिविसका सूचना अधिकृत प्रकाश चौधरी, विशेष अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख डुण्डिराज गिरी, चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली, संस्थाका अध्यक्ष राजेन्द्र खनाल लगायतले सम्मान पत्र प्रदान गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य