असोज ४, विर्तामोड | संविधान दिवसको दिन झापाको विर्तामोडमा ‘भ्रष्ट्रचार न्यूनिकरणका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया गरिएको छ । बागेश्वरी असल शासन, क्लब (बास) "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ४, विर्तामोड | संविधान दिवसको दिन झापाको विर्तामोडमा ‘भ्रष्ट्रचार न्यूनिकरणका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया गरिएको छ । बागेश्वरी असल शासन, क्लब (बास) "/>

2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भ्रष्ट्रचार न्यूनिकरणका लागि अन्तरक्रिया

असोज ४, विर्तामोड | संविधान दिवसको दिन झापाको विर्तामोडमा ‘भ्रष्ट्रचार न्यूनिकरणका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया गरिएको छ । बागेश्वरी असल शासन, क्लब (बास) जिल्ला शाखा झापाको आयोजनामा स्थानीय देवी उच्च माविको सभाहलमा भएको कार्यक्रमका सहभागीले भ्रष्ट्रचार न्यूनिकरणका लागि सबै वर्ग सचेत हुनु पर्नेमा जोड दिए । 

प्रमुख अतिथि जिल्ला विकास समिति झापाका सूचना अधिकृत प्रकाश चौधरीले झापामा भ्रष्ट्रचार न्यूनिकरणका लागि जिविसले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘अहिले देखिएको जटिल विकृति भ्रष्ट्रचारविरुद्ध आवाज उठाउनु हुने तपाईं युवाहरुलाई साथ दिन हामी तत्पर छौं ।’ 

त्यस्तै, जिल्ला ट्राफिक कार्यालयका प्रमुुख डुण्डिराज गिरीले काम छिटो सक्ने बहानामा कर्मचारीलाई लोभ देखाएर प्रोत्साहन गर्नु नहुने बताए । उनले भने, ‘भ्रष्ट्रचारको विषयमा सबैभन्दा धेरै सरकारी कर्मचारीलाई आरोप लाग्ने गरेको छ । तर, सबै कर्मचारी त्यस्ता हुँदैनन् । व्यक्तिको इन्टेन्शनमा भर पर्छ ।’ 

उता, चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै भने, ‘अब हामी सबै आफैं सचेत हुनु पर्छ । हतार नगरी प्रक्रियामा गएर काम गर्नु पर्छ ।’ कार्यक्रममा बोल्दै लक्ष्मीप्रसाद बाँस्कोटा, सागर पौडेल, विवेक सुन्दास, रञ्जन धमला, आदर्श पाण्डे लगायतले भ्रष्ट्रचार गर्नेलाई सामाजिक बहिस्कार गर्नु पर्नेमा जोड दिए । 

बासका अध्यक्ष राजेन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सिर्जना घिमिरेले गरेकी थिइन् । 

पत्रकार पोखरेल सम्मानित 

कार्यक्रमकै अवसरमा पत्रकार गौरव पोखरेल सम्मानित भएका छन् । ग्लोकल टिन हिरो अवार्डको शीर्ष ६ मा पुग्न सफल भएको भन्दै उनलाई प्रमाण पत्र, खादा र दोसल्ला ओढाएर सम्मानित गरिएको हो । उनलाई प्रमुख अतिथि जिविसका सूचना अधिकृत प्रकाश चौधरी, विशेष अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख डुण्डिराज गिरी, चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली, संस्थाका अध्यक्ष राजेन्द्र खनाल लगायतले सम्मान पत्र प्रदान गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई