2026-10-21 09:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो

माघ २०, नवलपुर | चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको छ । 

विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले बिहीबार दुई भाले घडियाल तथा १८ पोथी घडियाल राप्ती नदीमा छाडेको हो । प्राकृतिक बासस्थानमा छाडिएको घडियालमध्ये तीन वटा छ वर्ष उमेरका रहेका निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो । बाँकी १७ घडियाल गोही सात वर्ष उमेरका रहेको उहाँले बताउनुभयो । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले हालसम्म जम्मा एक हजार सात सय १२ गोही प्रकृतिक बासस्थानमा छाडेको छ । “यो भन्दा पहिला राप्ती नदीमा नौ सय ७२, नारायणी नदीमा चार सय १९, कालीगण्डकी नदीमा ३५, सप्तकोसी नदीमा एक सय १५, कर्णाली नदीमा ४१ र बबई नदीमा एक सय १० गरी जम्मा एक हजार छ सय ९२ गोही हामीले छाडिसकेका छौँ”, उहाँले भन्नुभयो, “बिहीबार छाडिएको २० गोहीसहित अहिलेसम्म हामीले एक हजार सात सय १२ गोहीलाई प्राकृतिक बासस्थानमा छोडेका छौँ ।”

तिवारीले सङ्कटापन्न अवस्थाका गोही प्रकृतिक बासस्थानमा छाडेपछि उनीहरूको अवस्थाबारे निकुञ्जले अनुगमन गर्ने गरेको भए पनि राष्ट्रियस्तरबाट अनुगमन हुनुपर्ने बताउनुभयो । “घडियाल गोहीले लामो दूरी विचरण गर्ने गरेको हामीले पाएका छौँ”, तिवारीले भन्नुभयो, “नारायणी तथा राप्तीमा छाडिएका घडियाल घुम्दैफिर्दै भारत हुँदै कोसीसम्म पुग्न सक्ने देखिन्छ ।” नदीबाट बग्दै जाँदा गण्डक ब्यारेज कटेर भारततर्फ पसेपछि नारायणी नदीमा घडियाल फर्किनसक्ने अवस्था नभएको उहाँले बताउनुभयो ।

घडियाल गोही अहिले नेपाल र भारतमा मात्रै पाइने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र न्यौपानेले बताउनुभयो । प्राकृतिक बासस्थानमा गोहीले फूल पारेर बच्चा निकाल्न असुरक्षित हुने गरेपछि निकुञ्जले नदी किनारबाट गोहीका अण्डा टिपेर निकुञ्जको प्रजनन केन्द्रमा लगेर अण्डाबाट प्रजनन गराउने र बच्चा हुर्काउने गरेको उहाँको भनाइ छ । यसरी हुर्किएका गोहीलाई छ वर्षको उमेर भएपछि प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरिएको आचार्यले बताउनुभयो । यस वर्ष पनि सयभन्दा बढी घडियालका बच्चा प्राकृतिक बासस्थानमा छाड्ने तयारी भइरहेको निकुञ्जले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ