३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विश्वासको मत लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावललाई सकस

२१ माघ २०७९, शनिबार ०९:०५

माघ २१,  सुदूरपश्चिम | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ ।

सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस देखिएको हो । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल गत पुस २७ गते एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, राप्रपासहित प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने धारणा सार्वजनिक गरेपछि सरकारको स्थायित्वबारे अन्योल भएको छ । संविधान अनुसार मुख्यमन्त्री रावलले यही माघ २७ गतेभित्र विश्वासको मत लिनुपर्नेर्छ ।

रावल नेतृत्वको मन्त्रिपरिषद्ले अझै पूर्णता पाउनसकेको छैन । बिना विभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको पनि मन्त्रालय तोकिएको छैन । प्रदेशसभाको सभामुखको निर्वाचनका लागि तेस्रो पटक बोलाइएको बैठकमा नागरिक उन्मुक्ति पार्टीले सत्तापक्षीय उम्मेदवारको पक्षमा मत दिन सहमत भएको थियो । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आजसम्म सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताउनुभयो । 

“सङ्घ र प्रदेशमा सहकार्य गरिरहेका बेला पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेपछि वातावारण थप बिग्रिएको छ,” उहाँले भन्नुभयो, “आफूहरुले उठाएका माग सम्बोधन नभएसम्म विश्वासको मत दिने वातावरण छैन, आफ्ना एजेन्डा डुबाएर कसैलाई समर्थन दिन सक्दैनौँ ।” 

 ट्र्याक्टरमा आगजनी गरेको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार सूचीमा रहनुभएका सांसद चौधरीलाई शुक्रबार कैलाली कारागार चलान गरिएको छ । 

नेकपा (एमाले) का नेता एवं प्रदेशसभा सदस्य धर्मराज पाठकले एक दुई दिनमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने बताउनुभयो ।  “विश्वासको मत लिन सत्तापक्षीय दलको समर्थन जुट्नेमा ढुक्क छौँ,” उहाँले भन्नुभयो, “मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गर्ने चारवटै दलबीच अन्तिम चरणको छलफल भइरहेको छ, विश्वासको मत लिन कुनै सङ्कट परेको छैन ।” 

त्रिपन्न सदस्यीय प्रदेशसभामा सत्तापक्षीय एमालेका १०, माओवादी केन्द्रका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका सात र राप्रापाका एक सदस्य हुनुहुन्छ । बहुमत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । विपक्षमा रहेका नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली