कमल घिमिरे । माघ २२ । पाँचथर,प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवस पाँचथरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपाल पत्रकार महासँघको सभाहलमा आयोजित कार्यक्रममा सम्मान, बधाई ज्ञापन, पुरस्कार घोषणा तथा शुभकामना आदान प्रदान भएको थियो ।
चौतारीले नेकपा एमाले पाँचथरका जिल्ला कमिटी सचिवालय सदस्य, कार्यालय सचिव, प्रचार विभागका प्रमुख एवं चौतारीका निवर्तमान अध्यक्ष तुलसी थापा, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा चौतारीका निवर्तमान उपाध्यक्ष सहमामन विश्वकर्मा, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं प्रचार विभागका उप प्रमुख तथा चौतारीका निवर्तमान सचिव शान्ती देवी राई, प्रेस चौतारीका प्रदेश कमिटी सदस्यहरु सागर खनाल, रमेश थापा र दिल कुमारी तामाङलार्ई बधाई ज्ञापन पत्र सहित बधाइ दिएको छ ।
यस्तै चौतारीका पुर्व अध्यक्ष युधिष्ठिरराज आमगाईँ, नारायण तुम्बापो र पुर्व सचिव नवराज घिमिरेलाई सम्मान पत्र सहित सम्मान गरेको छ ।
स्थापना दिवसको अवसर पारेर चौतारीको संस्थापक सह संयोजक तथा पुर्व अध्यक्ष स्व. चन्द्र प्रसाद पोखरेल र संस्थापक सदस्य तथा सल्लाहकार स्व. गुरुङ राम प्रकाश समथिङको स्मृतिमा ‘राम–चन्द्र स्मृति पत्रकारीता पुरस्कार’ स्थापना गरेको छ । सो पुरस्कारको अक्षय कोष ५ लाख रुपैँया रहने चौतारीका अध्यक्ष रविन्द्र काफ्लेले जानकारी दिनुभयो ।
कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राज कुमार भण्डारीको प्रमुख आतिथ्यता र चौतारी अध्यक्ष रविन्द्र काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।