2026-09-07 09:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

टर्कीमा आएको भूकम्पका कारण सर्‍यो १० फीट जमीन

माघ २६, काठमाडौँ | टर्की (टुर्किये) मा सोमवार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण त्यहाँको जमीन १० फीट सरेको छ । 

इटलीका भूकम्प वैज्ञानिक डा कार्लो डोग्लियानीले यो दाबी गरेका हुन् । 

संसार ठूला ठूला टेक्टोनिक प्लेटहरूमा अडिएको छ । यी प्लेटहरूका मुनि तरल पदार्थ लाभा तैरिरहेको छ । लाभाले प्लेटहरूलाई पनि तैराउँछ र ठोकिइरहेका हुन्छन् । टर्कीको अधिकांश भाग एनाटोलियन टेक्टोनिक प्लेटमा छ । यो प्लेट युरेसियन, अफ्रिकन र अरेबियन प्लेटको बीचमा फसेको छ । 

अफ्रिकन र अरेबियन प्लेट सर्दा टर्की स्यान्डविच झैं फसेको छ । 

त्यसले पृथ्वीमुनिबाट ऊर्जा निकाल्छ र भूकम्प आउँछ । सोमवार टर्कीमा आएको भूकम्प उत्तरी एनाटोलियन फल्टलाइनमा आएको हो । 

डा डोग्लियानीका अनुसार, एनाटोलियन टेक्टोनिक प्लेट र अरेबियन प्लेट एकअर्काबाट २२५ किलोमिटर पर सरेका छन् । त्यसले गर्दा टर्की आफ्नो भौगोलिक स्थानबाट १० फीट पर गएको छ । 

डरहम विश्वविद्यालयमा स्ट्रक्चरल जियोलोजीका प्राध्यापक डा बब होल्ड्सवर्थका अनुसार, यति ठूलो भूकम्पले टर्की वरपरको टेक्टोनिक प्लेटमा ३ देखि ६ मिटर हलचल हुनु स्वाभाविक हो । टर्की खासमा भूकम्प जोखिम क्षेत्रमा रहेको छ । 

टेक्टोनिक प्लेट यसरी होरिजोन्टल रूपमा सरेमा सडक, भवन, पानी वा पेट्रोलको पाइपलाइनलाई पनि भत्काइदिन सक्छ । यसले नदीहरूको दिशा पनि मोड्न सक्छ । 

२०७२ सालमा आएको भूकम्पका कारण काठमाडौंमुनिको जमीन १० फीट दक्षिणतर्फ सरेको क्याम्ब्रिज विश्वविद्यालयका टेक्टोनिक विज्ञ जेम्स ज्याक्सनले बताएका छन् । नेपालका आएको उक्त भूकम्प २० वटा ठूला परमाणु बम जत्तिकै शक्तिशाली रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित