2026-09-18 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अब जहाजमा उडिरहेका बेला इन्टरनेट चलाउन पाइने!

माघ २६, काठमाडौँ | जहाजमा उडिरहँदा अब मोबाइल फोन र इन्टरनेट सेवा चलाउन पाइने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार ‘इनफ्लाइट कम्युनिकेसन’ सम्बन्धी अन्तरिम निर्देशन जारी गरेको छ जसअनुसार यो सेवा पाइने भएको हो। 

अहिलेको व्यवस्थाअनुसार नेपाली आकाशमा जहाजमा उडिरहँदा यात्रुहरूले आफ्नो मोबाइल वा अन्य विद्युतीय उपकरण ‘फ्लाइट मोड’ मा राख्न अनिवार्य गरिएको छ। इनफ्लाइट कम्युनिकेसन (आइएफसी) सेवामार्फत यात्रुहरूले जहाजमा उडिरहेको बेला पनि मोबाइल चलाउन र इन्टरनेट प्रयोग गर्न पाउने भएका प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलले बताए। आइएफसी सेवा प्रदायक कम्पनीहरूले विमानभित्र इन्टरनेट सेवा उपलब्ध गराउँछन्। यस्तो सेवा लिएका जहाजहरूले अब यात्रुलाई वाइफाइ सुविधा दिन सक्ने छन्। वाइफाइ भएपछि यात्रुहरूले इन्टरनेटका सबै सुविधा प्रयोग गर्न पाउने छन्।

‘आइएफसी सेवा लिएका जहाजहरूमा इन्टरनेट सुविधा हुनेछ। यात्रुले आफ्नो इच्छाअनुसार चलाउन सक्छन्। इन्टरनेटमार्फत् फोन कल वा म्यासेज गर्न पनि पाउने छन्,’ प्रवक्ता पौडेलले भने।

केही विदेशी जहाजहरूले पनि यो सुविधा उपलब्ध गराउँदै आएका छन्। पौडेलका अनुसार जहाजहरूको ब्यान्डविथमा प्रभाव पर्ने भएकाले मोबाइल चलाउन नदिइने हो। तर वायुसेवा कम्पनीहरूले आफ्ना जहाजमा आइएफसी सुविधा राख्न सक्ने गरी ब्यान्डविथ लिन सक्ने छन्।

‘जहाजको ब्यान्डविथ क्षमता पर्याप्त भएमा आइएफसी सुविधा राख्न कुनै समस्या हुँदैन,’ उनले भने, ‘आइएफसी सेवा दिन प्रक्रिया पुर्‍याएर अनुमति भने लिन पर्नेछ।’

यस्तो आइएफसी सेवा दिने प्रदायकहरूलाई दुई वर्गमा छुट्याइएको छ; नेपालमा दर्ता भएका र विदेशमा दर्ता भएका विमानहरूमा आइएफसी सेवा दिने। यी दुवै सेवा दिन लाइसेन्स लिनुपर्ने ब्यान्ड (सेलुलर ब्यान्ड) वा लाइसेन्स लिनु नपर्ने ब्यान्ड फ्रिक्वेन्सी (आइएसएम ब्यान्ड) समावेश हुन सक्छन्। विश्वका विभिन्न देशको वायुसेवा कम्पनीले नेपाली आकाशमा पनि इन्टरनेट प्रयोग गर्न पाउनुपर्ने व्यवस्थाको खाँचो रहेको र अहिलेको आवश्यकता पनि रहेको बताउँदै आएकाले प्राधिकरणले अन्तरिक निर्देशन जारी गरेको हो।

आइएफसी सेवा प्रदायक कम्पनीहरूले नेपाली जमिनभन्दा १० हजार फिटमाथि हवाइजहाज उडिरहेका बेला इन्टरनेट सेवा दिन पाउने छन्। यसभन्दा तल उडिरहेको, जमिनमा गुडिरहेको, उड्न लागेको छ वा अवतरण गर्न लागेको समयमा भने उक्त सेवा दिन पाइने छैन। यस प्रकारको व्यवस्था लागू भएसँगै संसारभर नेपाली विमान सेवा प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास प्राधिकरणको छ।

नेपाली विमान कम्पनीहरूले आफ्नो यात्रुलाई आइएफसी सेवा दिन लागि नियामक समक्ष निवेदन दिनुपर्ने हुन्छ। निवेदनमा सेवाको प्रकार, प्रयोग हुने फ्रिक्वेन्सी, प्रविधि, आइएमटी (टु-जी/थ्री-जी/फोर-जी), स्याटलाइट तथा अर्थ स्टेसनको विवरण र सेवाको आर्किटेक्चर वा ब्लक डायग्राम समावेश गर्नुपर्ने हुन्छ। निवेदनसँगै विमान कम्पनीले आफ्नो आइएफसी सेवा प्रदायकको प्रोफाइल, आइएफसी र विमान कम्पनीबीच भएको सम्झौता कागजात र नागरिक उड्डयन प्राधिकरणको सिफारिससँगै अन्य आवश्यक कागजात पेस गर्नुपर्ने हुन्छ। यसपछि नियामकले उक्त निवेदन समीक्षा गरी आइएफसी प्रदायकलाई सम्बन्धित एयरलाइन्सको जहाजभित्र सेवा दिन अनुमति दिन्छ। विदेशमा दर्ता भएका विमानहरूका लागि पनि विभिन्न मापदण्ड तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई