2026-09-07 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दक्षिणी फिलिपिन्समा सडक दुर्घटनमा ६ जना प्रहरीसहित ७ को मृत्यु, २२ जना घाइते

माघ २९, मनिला | दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।
मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । दुवै भ्यान इलिगान सिटीबाट कागायन डे ओरो सिटीतर्फ गइरहेका बेला मालबाहक ट्रकलाई उछिन्न खोज्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा १९ जना प्रहरी घाइते भएका छन्भने एक जनाको अवस्था गम्भीर छ ।

यसैबीच, जापानको तोचिगी प्रिफेक्चरस्थित तीनवटा आवासीय घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान तीनवटा घरमा आगो लाग्दा दुई जना पुरुषको ज्यान गएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । तीनवटै घर पूर्णरूपमा नष्ट भएका छन् । तीनघण्टापछि आगो निभाइएको थियो । सुरक्षा अधिकारीहरू आगलागीको कारण पत्ता लगाउन तथा मृतकको पहिचानमा जुटेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित