२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अनाथालयलाई खाद्य सामग्री सहयोग

२०७३, ४ आश्विन मंगलवार ०९:००

असोज ४, भीमदत्तनगर । कञ्चन डेभलपमेन्ट बैंकले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा आइतबार भीमदत्तनगरमा रहेको महाकाली बाल अञ्चल अनाथालयलाई खाद्य सामग्री प्रदान गरेको छ । 

कञ्चनपुरको भीमदत्तनगरमा रहेको बैंकको केन्द्रीय कार्यालयले सातौँ वार्षिकोत्सवको अवसर पारेर बाल अनाथालयमा पाँच क्विन्टल चामल, २० लिटर तेल, एक क्विन्टल पिठो हस्तान्तरण गरेको बैंक सञ्चालक समितिका सदस्य भरतबहादुर रोकायाले बताउनुभयो । 

उहाँले बाल अनाथालयका साथै भीमदत्तनगरमा सञ्चालनमा रहेका अन्य दुई वृद्धाश्रममा समेत खाद्य सामग्री वितरण गरेको बताउनुभयो । बैंकले बाल अनाथालय र वृद्धाश्रममा गरी १५ क्विन्टल चामल, ६० किलो दाल, एक क्विन्टल ५० किलो पिठोलगायतका खाद्य सामग्री वितरण गरेको बैंकले जनाएको छ । 

बैंकका सञ्चालक रोकायाले स्थानीयस्तरका जनताबाट सङ्कलन गरेको रकमले नै सामाजिक उत्तरदायित्वअनुसार अनाथ बालबालिकालाई सहयोग गरेको बताउनुभएको छ । 

खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैसीले अनाथ बालबालिकालाई साथ दिएर उनीहरुलाई भविष्यमा सफल व्यक्ति बनाउनका लागि सहयोग गर्नु सबैभन्दा ठूलो पुण्य भएकाले सहयोग गरेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध