२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

श्रमिकको हकहित संरक्षण गर्न नेपालको आग्रह

३ फाल्गुन २०७९, बुधबार १०:१८

फागुन ३, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आप्रवासी नेपाली श्रमिकको हकहित संरक्षणका लागि सम्बन्धित देशको सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा भएको सरकार प्रमुखहरुको ‘वल्र्ड गभरमेन्ट समिट’मा नेपालका तर्फबाट सम्बोधन गर्दै उहाँले नेपाली श्रमिकहरुले विभिन्न बहानामा समस्या भोगिरहेकाले उनीहरुको सुरक्षा र संरक्षणमा सम्बन्धित देशका प्रमुखहरुले ध्यान दिनुपर्ने बताउनु भएको हो । 

चार दिनसम्म सञ्चालन भएको सम्मेलनमा सचिव अर्यालले नेपालको नेतृत्व गर्नुभएको श्रम मन्त्रालयले जनाएको छ । मध्य एसियाली देशहरूमा केन्द्रित रहेर श्रम बजारको अवस्था तथा श्रमिकका हकहितका सम्बन्धमा समूहगत रुपमा भएको छलफल कार्यक्रममा सचिव अर्यालले दिगो विकास, सेवा प्रवाहमा नवीनतम् प्रयोग, श्रम बजार, नयाँ प्रविधि, जलवायु परिवर्तनलगायत विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

उहाँले आप्रवासी नेपालीहरूको हकहित संरक्षणमा जोड दिँदै नेपालले हालै वैदेशिक रोजगारका क्षेत्रको सेवा प्रवाहमा गरेको प्रविधिको प्रयोग, सामाजिक सुरक्षामा सबै नेपाली श्रमिकहरूको आबद्धता, न्यायोचित भर्ना,  भर्ना प्रक्रियामा देखिएका अनियमितता हटाउने, नेपाली श्रमिकहरूको सामाजिक सुरक्षाका विविध विषयहरूमा गन्तव्य मुलुकका सरकारहरूले ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा सचिव अर्यालले नेपाली श्रमिकका समस्या र समाधानका लागि युएईका मानव संसाधनमन्त्री डा अब्दुलरहमान अल अवर र कतार सरकारका मानव संसाधनमन्त्री र सचिव र आइएलओका महानिर्देशक गिल्बर्ट होङबोसँग पनि भेटवार्ता गर्नुभएको मन्त्रालयले जनाएको छ ।

यही फेब्रुअरी १२ देखि १५ सम्म सञ्चालन भएको वसो समिटमा ९० भन्दा बढी देशहरूको सहभागिता थियो । समिटमा नेपालका तर्फबाट श्रम मन्त्रालयका सचिव अर्यालको नेतृत्वमा युएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकाल र मन्त्रायका उपसचिव कविराज उप्रेतीको सहभागिता रहेको थियो । कार्यक्रममा स्रोत मुलुकहरूबीच श्रमिकहरूका समस्याका विषयमा साझा धारणा निर्माण गर्न बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भियतनामका श्रम मन्त्रीहरू र नेपाल सरकारका सचिवबीच समेत बैठक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य