2026-10-24 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बङ्गलादेशमाथिको प्रतिबन्ध कायमै रहने अमेरिकी भनाइ

फागुन ४, ढाका (बङ्गलादेश) | गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ।

विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण गर्नुभएको थियो । उहाँले ढाकामा सरकारी प्रतिनिधिहरूसँग सुरक्षा सहयोगका बारेमा छलफलसमेत गर्नुभएको थियो । 

वासिङ्टनले मानव अधिकार उल्लङ्घन गरेको आरोपमा ¥यापिड एक्सन बटालियन (आरएबी) माथि प्रतिबन्ध लगाएपछि बङ्गलादेशको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारीमध्ये उहाँ एक हुनुहुन्छ । 

“यदि कहीँ कतै लोकतन्त्रमा समस्या आयो भने यसले हामी सबै मिलेर के गर्न सक्छौँ भन्ने कारण खोज्नु जरूरी छ,” चोलेटले बुधबार आफ्नो भ्रमणको समापनमा भन्नुभयो । 

“हामी बङ्गलादेशलाई कानून र सुरक्षाको शासनलाई मजबुत बनाउन निरन्तर सहयोग गर्न प्रतिबद्ध छौँ,” उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, “जबसम्म हामी जवाफदेहिता देख्दैनौँ, हामी दिगो सुधार गर्न सक्दैनौँ ।”

ढाका र वासिङ्टनबीच सामान्यतया न्यानो सम्बन्ध छ । उनीहरूले सुरक्षाका मुद्दाहरूमा सहयोग गर्छन् र बङ्गलादेशले प्रायःसंयुक्त राष्ट्रसङ्घमा संयुक्त राज्य अमेरिकाको पक्षमा मतदान गर्दछ ।

संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी सरकारहरूले बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री शेख हसिनाको पार्टीको विधायिकामा हावी भएका कारण बङ्गलादेशको संसदमा सोही दलको एक पक्षीय निर्णय हुँदा प्रजातान्त्रिक मूल्य मान्यतालाई प्रभावित पार्ने गरेको छ । 

अधिकारवादी समूहका अनुसार सन् २००९ मा हसिना सत्तामा आएयता सुरक्षा फौजले करिब दुई हजार ५०० बङ्गलादेशी नागरिकको हत्या गरिसकेको छ ।

आरएबीलाई अधिकारवादी समूहहरूले राजनीतिक विरोधीहरूको हत्या गरेको र पीडितहरूलाई उचित कानुनी प्रक्रियाबाट बञ्चित गर्न गोली हानाहान गरेको आरोप लगाएका छन् ।

सरकारले बेपत्ता र गैरन्यायिक हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ भने एक मन्त्रीले वेपत्तामध्ये केही बङ्गलादेशबाट भागेको बताउनुभएको छ । 

सन् २०२१ को डिसेम्बरमा लगाइएको अमेरिकी प्रतिबन्धमा सात जना बहालवाला वा पूर्वआरएबी अधिकारीहरूको सम्पत्ति रोक्का र भिसा प्रतिबन्ध समावेश छ । 

चोलेटले ढाकामा हसिनासँग भेट गर्नुभएको थियो भने पाकिस्तानको औपचारिक भ्रमणसँगै बिहीबार आफ्नो दक्षिण एसिया भ्रमणको समापन गर्दै हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने