२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

चार्डपर्व नजिकिँदै, ग्रामीण सडक सुचारु नहुँदा समस्या

२०७३, ४ आश्विन मंगलवार १०:४२

असोज ४, संखुवासभा ।  ग्रामीण क्षेत्रको भिरालो जमिनमा जथाभावि डोजर, जेसिभिको प्रयोगले बर्षातको समयमा बाढी पहिरोसँगै केही महिनासम्म ग्रामीण सडकहरु अवरुद्ध हुँदै आएका छन् । गत असार  र साउनको  वर्षातले अबरुद्ध भएका आधा दर्जन भन्दा बढि सडकहरु अहिलेसम्म सुचारु नहुँदा आवतजावतमा समस्या परेको छ।   जिल्लाको  बाह्रबिसे,धुपु लगायत गाविसका स्थानीयवासीलाई खाद्यान्नलगायतका सामग्री ढुवानीमा समस्या भएको छ । सदरमुकाम खादबारी देखि धुपु हुँदै बाह्रबिसे जोड्ने सडक वर्षातको कारण अवरुद्ध हुँदा स्थानीयवासी मारमा परेका हुन् भने चार्डपर्व नजिकिँदै गर्दा झनै समस्यामा परेको धुपुका स्थानीय राम श्रेष्ठले बताए ।

सडक अवरुद्ध हुँदा खादबारीमा पनि दैनिक उपभोग्य सामानको मूल्य बढेको छ । धुपु गाविसका मानिस करिब छ सात घन्टाभन्दा बढी समय लगाएर दैनिक उपभोग्य सामग्री पिँठ्युमा बोक्न बाध्य बनेको धुपुका स्थानीय ब्यापारीहरु बताउछन्।  गाविसको टोल–टोलमा सडक पु¥याउने उद्देश्यका साथ खनिएका विभिन्न सडक एकपटक एस्काभेटर लगाएर छोडेको कारण बढी हानी व्यहोर्नुपरेको स्थानीय देबेन्द्र  श्रेष्ठको भनाई छ । सडक विस्तार तथा स्तरोन्नतीका लागि बजेट विनियोजन भएपनि सार्वजनिक नगर्ने तथा ठेकेदारले आफुखुसी काम गरेकाले यस्तो समस्या आएको सरोकारवालाहरु बताउछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी