५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसद्वारा अष्ट्रियाली दूतावासका चार कर्मचारी निष्कासन

५ फाल्गुन २०७९, शुक्रबार ०६:४८

फागुन ५, काठमाडौँ | रुसले यहाँस्थित अष्ट्रियाली दूतावासका चार जना कर्मचारीलाई निष्कासन गरेको छ। रुसी विदेश मन्त्रालयले आफ्नो देशमा कार्यरत अष्ट्रियाली दूतावासका कर्मचारीलाई ‘सुरक्षा र कूटनीतिक उन्मुक्ति’बाट हटाइएको र उनीहरू रुसमा रहन अयोग्य रहेका भन्दै निष्कासन गरेको हो । 

मस्कोले निष्कासन गरेका ती कर्मचारीलाई यही फागुन ११ गतेभित्रमा रुस छाड्न आदेश दिएको छ । रुसी विदेश मन्त्रालयले रुसका लागि अस्ट्रियाका राजदूत वर्नर आल्मोफरलाई बिहीबार बोलाएर आफ्ना चार जना कर्मचारी भिएनाले निष्कासन गरेकामा त्यसका विरोध गर्दै त्यति नै सङ्ख्यामा अस्ट्रियाली अधिकारीलाई निष्कासन गरेको जानकारी दिएको हो । साथै मस्कोले अस्ट्रियाको अनुचित कदमबाट द्विपक्षीय सम्बन्धमा गम्भीर क्षति पुगेको जनाएको छ ।

गत माघ १९ गते अस्ट्रियाले रुसी दूतावासका दुई कूटनीतिज्ञ र संयुक्त राष्ट्र सङ्घका लागि भिएनास्थित स्थायी नियोगका दुई कूटनीतिज्ञलाई अस्वीकार गर्दै कूटनीतिक सुरक्षा एवम् उन्मुक्ति नदिने घोषणा गरेको थियो । कूटनीतिक सुरक्षा एवम् उन्मुक्तिबाट वञ्चित भएपछि कुनै पनि त्यस्ता कूटनीतिक कर्मचारी आतिथेय मुलुकबाट तत्काल आफ्नो देश फर्कने प्रचलन छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता