2026-06-20 06:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अब आफ्नो मोबाइलबाटै थाहा पाउनुहोस् कहाँ आइपुग्यो साझा बस !

फागुन ५, काठमाडौँ | साझा यातायात नेपालले आफ्नो मोबाइल एपलाई अपग्रेड गर्दै नयाँ फिचर ल्याएकाे छ । कम्पनीले स्ल्यास प्लस प्रालिसँग सहकार्य गरी 'साझा प्लस' नाम दिएर आफ्नो मोबाइल एपलाई थप फिचरसहित अपग्रेड गरेको हो । हाललाई यो एप एन्ड्रोइड डिभाइसका लागि मात्र उपलब्ध छ । 'साझा प्लस' प्रयोग गरेर यात्रुले आफ्नो साझा बसको यात्रालाई सहज बनाउनसक्ने कम्पनीको भनाइ छ ।


एप प्रयोग गरेर यात्रुले आफू जानुपर्ने रुटको विषयमा रियल टाइम डेटा थाहा पाउन सक्नेछन् । उक्त रुटमा बस कुन स्टेसनमा पुग्यो, आफ्नो स्टेसनमा कतिबेला आइपुग्छ, कुन स्टेसनदेखि आफ्नो गन्तव्यको दूरी कति लगायतका जानकारी प्राप्त गर्न सक्छन् । साझा प्लसको प्राथमिक लक्ष्य भनेको सार्वजनिक यातायातको आवागमनलाई थप व्यवस्थित बनाउनु र स्टेसनमा जाने र पर्खने दृष्टिकोणले समयको बचत गर्नु रहेको कम्पनीले जनाएको छ । एपको होमपेजमा साझाको रुटको सूची, सर्चबक्स र प्रयोगकर्ताको प्रोफाइल देख्न सकिन्छ ।

रुटको सूचीमा गएर प्रयोगकर्ताले आफ्नो रुट छनोट गरेर जानकारी लिन सक्नेछन् । अथवा सोझै सर्च बक्समा गएर आफ्नो गन्तव्यको नाम राखेर पनि रुट पत्ता लगाउन सकिनेछ । एपमा उपलब्ध रुट कार्डले सक्रिय सञ्चालन बसहरूको संख्या, बाटोमा बस बिसौनीको संख्या, गन्तव्यको दूरी लगायतका विवरण हेर्न सकिन्छ । एक विशेष रुट कार्ड चयन गर्नाले नक्सा पृष्ठ खोल्छ, जसले प्रयोगकर्ताहरूको हालको स्थान र नजिकका बसहरूको स्थान देखाउँछ । नक्सामा रातो सर्कलहरूमा ट्याप स्टेसनको नाम देखाउँछ र बस आइकनहरूमा ट्याप गर्दा बस नम्बर देखाउँछ । 

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ