2026-09-07 09:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भूकम्पले थलिएको सिरियामा इजरायद्वारा क्षेप्यास्त्र प्रहार, पन्ध्र जनाको मृत्यु

फागुन ७, काठमाडौँ । इजरायलले आज बिहान यहाँ गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । 

सन् २०११ मा सिरियमा युद्ध शुरु भएदेखि इजरायलले सिरियामा हवाई हमला गर्दै आएको छ । उसले सिरियाली सेना, इरानी सेना र सिरियाली शासकका सहयोगी लेबनानको हिजबुल्लाह रहेका स्थानलाई लक्ष्यित गरेर आक्रमण गर्दै आएको छ । यद्यपि राजधानीका आवासीय क्षेत्रमा हमला भएको थिएन ।  

इजरायलले कब्जा गरेको गोलान हाइट्सबाट दमास्कस र यसको आसपासका आवासीय क्षेत्रलाई ताकेर हवाई आक्रमण गरेको सिरियाको रक्षा मन्त्रालयले जनाएको छ । प्रारम्भिक विवरणअुनसार एक जना सिपाहीसहित पाँच जनाको मृत्यु भउको तथा १५ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । 

काफर सुसा त्यो क्षेत्र हो जहाँ सिरियाली उच्च अधिकारी, सुरक्षा तथा गुप्तचर निकायका मुख्य कार्यालय छन् । इजरायली सेनाले सिरियामाथि हुने आक्रमणबारे कहिल्यै कुनै जानकारी दिँदैन । आफ्नो सीमा क्षेत्रमा इरानी प्रभाव बढ्न नदिन नियमितरूपमा उसले निगरानी तथा आवश्यकतानुसार क्षेप्यास्त्र प्रहार गर्दै आएको छ । आजको आक्रमणलाई सुरक्षा अधिकारीहरूले भीषण भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित