2026-10-24 06:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भूकम्पले थलिएको सिरियामा इजरायद्वारा क्षेप्यास्त्र प्रहार, पन्ध्र जनाको मृत्यु

फागुन ७, काठमाडौँ । इजरायलले आज बिहान यहाँ गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । 

सन् २०११ मा सिरियमा युद्ध शुरु भएदेखि इजरायलले सिरियामा हवाई हमला गर्दै आएको छ । उसले सिरियाली सेना, इरानी सेना र सिरियाली शासकका सहयोगी लेबनानको हिजबुल्लाह रहेका स्थानलाई लक्ष्यित गरेर आक्रमण गर्दै आएको छ । यद्यपि राजधानीका आवासीय क्षेत्रमा हमला भएको थिएन ।  

इजरायलले कब्जा गरेको गोलान हाइट्सबाट दमास्कस र यसको आसपासका आवासीय क्षेत्रलाई ताकेर हवाई आक्रमण गरेको सिरियाको रक्षा मन्त्रालयले जनाएको छ । प्रारम्भिक विवरणअुनसार एक जना सिपाहीसहित पाँच जनाको मृत्यु भउको तथा १५ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । 

काफर सुसा त्यो क्षेत्र हो जहाँ सिरियाली उच्च अधिकारी, सुरक्षा तथा गुप्तचर निकायका मुख्य कार्यालय छन् । इजरायली सेनाले सिरियामाथि हुने आक्रमणबारे कहिल्यै कुनै जानकारी दिँदैन । आफ्नो सीमा क्षेत्रमा इरानी प्रभाव बढ्न नदिन नियमितरूपमा उसले निगरानी तथा आवश्यकतानुसार क्षेप्यास्त्र प्रहार गर्दै आएको छ । आजको आक्रमणलाई सुरक्षा अधिकारीहरूले भीषण भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने