२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

न्युजिल्याण्डमा चक्रवात गेब्रियलमा परी ११ जनाको मृत्यु, ३ हजारभन्दा बढी बेपत्ता

२०७९, ८ फाल्गुन सोमबार ०९:५१

फागुन ८, वेलिङ्टन | न्युजिल्याण्डमा चक्रवात गेब्रियलमा परी ११ जनाको मृत्यु भएको छ भने तीन हजार दुई सयभन्दा बढी बेपत्ता भएका छन् । प्रधानमन्त्री क्रिस हिपकिन्सले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने बताउनुभएको छ । साथै उहाँले पुननिर्माणका निम्ति करिब १३ अर्ब न्युजिल्याण्ड डलर आवश्यक पर्ने बताउनुभएको छ । 

स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार साँझसम्म तीन हजार दुई सय १५ जना सम्पर्कविहीन भएका थिए भने २० हजारभन्दा बढी घर र व्यवसाय विद्युत्विहीन बनेका थिए । धेरै स्थानमा सम्पर्क विच्छेद भएकाले वेपत्ता भएकाको सङ्ख्या अझ बढी हुने अनुमान प्रहरीले गरेको छ । हक्स वे र ताइराविटी क्षेत्रका धेरै मानिस हराएका छन् । 

प्राकृतिक विपत्तिबाट करिब दश हजार सर्वसाधारण विस्थापित भएका छन् । सन् २०११ को फेब्रुवरीमा क्राइस्टचर्च भूकम्पपछि न्युजिल्याण्डमा अति धेरै सर्वसाधारण विस्थापित भएका हुन् । प्रधानमन्त्री हिपकिन्सले चक्रवात गेब्रियल यो शताब्दीको सबैभन्दा भीषण प्राकृतिक विपत्ति परेको र त्यसले देशमा अकल्पनीय क्षति भएको बताउनुभएको छ । 

गत सोमबारदेखि न्युजिल्याण्डमा आपत्कालीन स्थिति घोषणा गरिएको छ । देशको इतिहासमा यो तेस्रो आत्पकाल हो । प्रतिकूल परिस्थितिका कारण हवाई सेवाका साथै विद्यालय पनि बन्द छन् । देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा तीन साताअघि मुसलधारे वर्षा हुँदा चार जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान