५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

न्युजिल्याण्डमा चक्रवात गेब्रियलमा परी ११ जनाको मृत्यु, ३ हजारभन्दा बढी बेपत्ता

८ फाल्गुन २०७९, सोमबार ०९:५१

फागुन ८, वेलिङ्टन | न्युजिल्याण्डमा चक्रवात गेब्रियलमा परी ११ जनाको मृत्यु भएको छ भने तीन हजार दुई सयभन्दा बढी बेपत्ता भएका छन् । प्रधानमन्त्री क्रिस हिपकिन्सले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने बताउनुभएको छ । साथै उहाँले पुननिर्माणका निम्ति करिब १३ अर्ब न्युजिल्याण्ड डलर आवश्यक पर्ने बताउनुभएको छ । 

स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार साँझसम्म तीन हजार दुई सय १५ जना सम्पर्कविहीन भएका थिए भने २० हजारभन्दा बढी घर र व्यवसाय विद्युत्विहीन बनेका थिए । धेरै स्थानमा सम्पर्क विच्छेद भएकाले वेपत्ता भएकाको सङ्ख्या अझ बढी हुने अनुमान प्रहरीले गरेको छ । हक्स वे र ताइराविटी क्षेत्रका धेरै मानिस हराएका छन् । 

प्राकृतिक विपत्तिबाट करिब दश हजार सर्वसाधारण विस्थापित भएका छन् । सन् २०११ को फेब्रुवरीमा क्राइस्टचर्च भूकम्पपछि न्युजिल्याण्डमा अति धेरै सर्वसाधारण विस्थापित भएका हुन् । प्रधानमन्त्री हिपकिन्सले चक्रवात गेब्रियल यो शताब्दीको सबैभन्दा भीषण प्राकृतिक विपत्ति परेको र त्यसले देशमा अकल्पनीय क्षति भएको बताउनुभएको छ । 

गत सोमबारदेखि न्युजिल्याण्डमा आपत्कालीन स्थिति घोषणा गरिएको छ । देशको इतिहासमा यो तेस्रो आत्पकाल हो । प्रतिकूल परिस्थितिका कारण हवाई सेवाका साथै विद्यालय पनि बन्द छन् । देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा तीन साताअघि मुसलधारे वर्षा हुँदा चार जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता