Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२६ मंसिर २०८२, बिहीबार
दाङ्ग - DNG

प्रदेश नम्बर ५ को दाङमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन टेण्डर आहृवान

४ आश्विन २०७३, मंगलवार १२:२५

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार २४ करोड अनुमानित लागत मध्ये सवा करोडको टेण्डर खुला

सन्तोषकुमार गुप्ता । असोज,  ४  दाङ । १५ बर्षअघि क्रिकेट रंगशालाको अवधारणा ल्याएपनि अलपत्र पारिएको दाङको लमही क्रिकेट मैदान निर्माण कार्यले गति लिने संकेत देखिएको छ । क्रिक्रेट मैदान निर्माणको लागि लमही नगरविकास समितिले एक करोड ३१ लाखको टेण्डर आहृवान गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार २४ करोड अनुमानित लागतमध्ये सवा करोडको टेण्डर खुलाएर काम सुरु गर्ने तयारी नगरबिकासले गरेको हो ।

टेण्डर स्वीकृत भएमा मैदानको वाँकी निर्माण कार्य अघि वढ्ने लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । गत साउनमा लमहीको अलपत्र क्रिक्रेट मैदान निर्माणको लागि दावव दिन भारतको पटना र देउखुरीको क्रिक्रेट टिमबीच अलपत्र मैदानमै खेल आयोजना गरिएको थियो । नगर विकास समितिले बजेटको व्यवस्था गरेर निर्माणमा चासो दिएपछि युवा तथा खेलकुद मन्त्रालयवाट थप बजेटको व्यवस्था गर्ने प्रकृया पनि अघि वढेको छ । नगर बिकास समिति सक्रिय भएसँगै लमहीको मैदानले स्वरुप ग्रहण गर्नेछ । खेल्न मिल्ने मैदान बनेपनि यसले रंगशालाको स्वरुप भने लिनेछैन ।
अहिले आहृवान भएको टेण्डरबाट पर्खाल निर्माण, मैदान सम्याउने, माटो विच्छ्याउने, दुवो लगाउने, गेट निर्माण गर्ने जस्ता कार्य गरिने छ । पाँच विगाह क्षेत्रफलमा फैलिएको लमहीको क्रिक्रेट मैदानबाट स्थानीय खेलाडीहरुले भविश्यको किरण देख्न थालेका छन् । ‘लमही नगरविकास समितिले अहीले खेल खेल्न लायक वनाउन बजेटको ब्यवस्था गरेको छ र कार्यान्वयनको लागी टण्डर पनि आहृवान भैसकेको छ’ सव इञ्जिनियर तुलसीराम अर्यालले भने ।
आर्थिक वर्ष २०५८/०५९ बाट क्रिक्रेट मैदानको निर्माण कार्य सुरु भएको थियो । तर, सरकारी निकाय, मन्त्रालय र अन्य सरोकारवाला निकायको ध्यान नजाँदा मैदान गौचरण र ड्राइभिङ सिक्ने थलोको रुपमा परिणत भएको थियो ।
लमहीको क्रिक्रेट मैदानको निर्माण कार्यले तीव्रता पाउनुपर्ने देउखुरी क्रिक्रेट क्लवका सचिव पवन शर्मा रिजालले बताए । ‘क्रिक्रेट मैदान वन्यो भने राष्ट्रिय स्तरको खेल खेलाउने योजना वनाएका छौं’ उनले भने, ‘केन्द्रीय स्तरवाट पनि यो मैदानको निर्माणको लागी बजेट र योजना चाहिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य