2026-10-24 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सवारी दुर्घटनामा एघार जनाको मृत्यु

फागुन १२, नयाँदिल्ली | मध्य भारतको भारतको छत्तीसगढमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 

छत्तीसगढको राजधानी रायपुरबाट करिब ८५ किलोमिटर उत्तरमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको खमरिया गाउँको मुख्य सडकमा बिहीबार राति  मालसामान बोकेको ट्रक र पिकअप भ्यान एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको तथा अन्य १० जना घाइते भएका हुन् । 

 “हिजो राति भएको सडक दुर्घटनामा चार जना बालबालिकासहित ११ जनाको ज्यान गएको छ, घाइते १० जनालाई रायपुर अस्पताल भर्ना गरिएको छ”’ वरिष्ठ प्रहरी अधिकारी सिद्धार्थ बघेलले सञ्चारमाध्यमलाई भन्नुभयो । पीडितहरु अर्जुनी क्षेत्रमा पारिवारिक कार्यक्रममा गएर घर फर्किरहेका थिए ।   

दुर्घटनाका सम्बन्धमा मुद्दा दर्ता गरिएको तथा त्यसको कारण पत्ता लगाउन प्रहरीले आदेश दिएको छ । भारतमा सडक दुर्घटनाहरू सामान्य मानिन्छन् । अधिक भार बोकेका सवारी साधन, जीर्ण सडक र लापरवाहीपूर्वक सवारी हाँक्दा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् । एक तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष हुने पाँच लाख सडक दुर्घटनामा करिब एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने