२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार कम्पनीलाई ‘आइरिस’ मा सूचीकृत हुन आग्रह

१३ फाल्गुन २०७९, शनिबार ०३:५४

फागुन १३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि स्थापना भएका कम्पनीलाई अन्तर्राष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) मा सूचीकृत हुन आग्रह गरिएको छ । उक्त प्रणालीमा सूचीकृत नहुँदा वैदेशिक रोजगारमा रहेका कामदारले अनेकौँ जोखिम लिनुपर्ने भएकाले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै वैदेशिक रोजगार कम्पनीलाई सो प्रणालीमा अनिवार्य सूचीकृत हुन आग्रह गरिएको हो । 

नागरिक समाजसम्बद्ध विभिन्न संस्था र स्थानीय सरोकार भएका संस्थासँग यहाँ भएको दुई दिने छलफलमा यस प्रणालीले वैदेशिक रोजगारमा संलग्न हुने कामदारको अधिकार सुरक्षित हुने हुँदा त्यसबाट कामदारले लाभ लिन सक्ने कुरामा जोड दिनुभयो । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइएमओ) नेपालका श्रम आप्रवासन र मानव विकास विभागका प्रमुख प्रज्जवल शर्माले वैदेशिक रोजगारीमा गएका कामदार सुरक्षित नभएकाले जोखिम मोलेर काम गरिरहेको बताउनुभयो ।  उहाँले आइरिसका विश्वव्यापी विभिन्न सातबुँदे सिद्धान्तलाई अक्षरशः पालना गर्न आग्रह गर्दै यसले कामदारको अधिकारलाई सुनिश्चित गर्ने बताउनुभयो । 

“कामदारसँग वैदेशिक रोजगार  कम्पनीले जथाभावी शुल्क लिनै पाउँदैनन्”, उहाँले भन्नुभयो । यो प्रणालीलाई नेपालमा लागू गर्नका लागि सन् २००६ बाट विभिन्न काम भएको र सन् २०२५ सम्मममा सबै वैदेशिक रोजगार  कम्पनीलाई यसमा सूचीकृत हुनुपर्ने प्रावधान रहेको छ । आइरिस प्रमाणीकरणको काम सन् २०१८ बाट केही खास मुलुकमा सुरु भएको बताइएको छ । 

वैदेशिक रोजगारीमा रहेकाको अधिकारलाई प्रवद्र्धन गर्न यो मापदण्ड आएको हो । महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक रेशम चापागाईले वैदेशिक रोजगारीमा रहेकाको पक्षमा यो भर्ना प्रणालीले वकालत गरेको उल्लेख गर्दै पारदर्शिता र जवाफदेही बनाउन रोजगारदाता र रोजगार व्यवसायीलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आइरिस सिद्धान्तमा आप्रवासी कामदारबाट भर्ना शुल्क तथा सो सम्बन्धी लागत उठाउन रोक, हिँडडुलको स्वतन्त्रता, रोजगारीका सेवा तथा शर्तमा पारदर्शिता, गोपनीयता तथा  विवरण (डाटा) को सुरक्षा, समाधानका उपायमा पहुँच, नैतिक तथा व्यावसायिक संहिताको सम्मान, कानुन तथा कामको आधारभूत सिद्धान्त र अधिकार उल्लेख भएको छ । महिला अधिकारकर्मी जया भण्डारीले यो सिद्धान्त पालना भए मात्रै पनि वैदेशिक रोजगारीमा गएकाले सास्ती नपाउने तर्क गर्नुहुन्छ । श्रमिक भर्नामा आचार विधि प्रवद्र्धन गर्न खडा गरिएको विश्वव्यापी प्रयत्नलाई आइरिस मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य