२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

पोर्चुगलमा बस्ने नेपालीलाई नजिकका राजदूतावासबाट राहदानी प्रदान गरिने

१३ फाल्गुन २०७९, शनिबार ०६:४२

फागुन १३, काठमाडौँ | नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न सक्नेछन् ।

हाल पोर्चुगलमा बस्दै आउनुभएका नेपाली नगारिकलाई राहदानी र कन्सुलर सेवा प्रवाहमा परेको कठिनाइका सम्बन्धमा परराष्ट्र मन्त्रालयको यही फागुन ३ गतेको निर्णय (परराष्ट्र मन्त्रीस्तरीय) ले नयाँ व्यवस्था गरिएको हो । राहदानीको लागि तोकिएको प्रक्रिया पूरा गरी र कन्सुलर सेवाको लागि खास गरी अधिकृत वारेसनामाको लागि भेटघाटको समय लिएर मात्र राजदूतावासमा जानुपर्ने पेरिसस्थित नेपाली दूतावासले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।  

पोर्चुगलको लिस्वनमा राहदानीको दरखास्त सङ्कलनका लागि राहदानी विभाग, काठमाडौँबाट एउटा टोली पठाउने निर्णय भइसकेको र सोका लागि आन्तरिक प्रक्रिया पूरा भई पोर्चुगल जाने मिति निश्चित भएपछि राजदूतावासले तत्सम्बन्धी विस्तृत विवरण उपलब्ध गराउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य