२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्छ’

२०७९, १४ फाल्गुन आईतवार ०८:३९

फागुन १४, काठमाडौँ । रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोमा थप प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको छ । देशका पूर्वी र दक्षिणी शहरहरूमा शनिबार दर्जनौँ आक्रमण भएपछि उहाँले रुसमाथि थप पश्चिमा प्रतिबन्ध आवश्यक भएको बताउनुभएको हो । 

शनिबार रुसले २७ वटा हवाई आक्रमण तथा रकेट लन्चरबाट ७५ पटक प्रहार गरेको जनाउँदै युक्रेनी सेनाले पूर्वी डोनेट्स्क प्रान्तमा पाँच जना गैरसैनिक घाइते भएका बताएको छ । सेनाका अनुसार औद्योगिक पूर्वी क्षेत्र र उत्तरपूर्वमा रुसी आक्रमण केन्द्रित थिए ।

देशमा युद्ध चर्किरहेका बेला राष्ट्रपति जेलेन्स्कीले रुस युक्रेनमा हार्नुपर्ने बताउँदै आउनुभएको छ । उहाँले रुसी सेनालाई परास्त गर्न सकिने उल्लेख गर्दै थप प्रतिबन्धमा जोड दिनुभएको छ । उहाँको अनुरोधसँगै संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले मस्कोलाई दण्डित गर्न प्रतिबन्धका नयाँ उपायहरू घोषणा गरेका छन् । 

राष्ट्रपति जेलेन्स्कीले रुसको आणविक निगम रोसाटोम र रूसी आणविक उद्योगविरुद्ध निर्णायक कदम चालिनुपर्ने तथा सैन्य र बैंकिङ दबाब बढाउनुपर्ने बताउँदै आउनुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रोसाटोम र रक्षा मन्त्रालयले आवश्यक परेम आणविक हतियार परीक्षण पुनः सुरु गर्न तयार रहेको अभिव्यक्ति दिएपछि उहाँले कठोर प्रतिबन्धको माग गर्नुभएको हो । 

अमेरिकाले आणविक हतियार विकास गरिरहेको र शीतयुद्धको अन्त्यपछि लागू भएको विश्वव्यापी परीक्षण प्रतिबन्धअन्तर्गत प्रतिबन्धित आणविक परीक्षण गर्ने योजनामा अमेरिका रहेको राष्ट्रपति पुटिनले आरोप लगाउनुभएको छ । “यदि अमेरिकाले परीक्षण गर्छ भने, हामी पनि गर्नेछौं,” उहाँले भन्नुभएको छ । 

विश्वको आधाभन्दा बढी अर्थतन्त्र प्रतिनिधित्व गर्ने ३० भन्दा बढी देशले रुसमाथि प्रतिबन्ध लगाएका छन् तर रुसी अर्थतन्त्र, व्यापार र कलकारखानामा अपेक्षाकृत ठूलो झट्का लागिसकेको छैन । अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले पछिल्लो अमेरिकी प्रतिबन्धलाई विवेकहीन भन्नुभएको छ । उहाँले आफ्नो देश आर्थिक र राजनीतिक दबाबमा बाँच्न अभ्यस्त भएको उल्ल्ेख गर्दै विगतका प्रतिबन्धबाट  विश्व बजारलाई धेरै हदसम्म हानी भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी