रोम | इटालीको दक्षिणी क्षेत्र क्यालाब्रियास्थित क्रोटोन शहरमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु भएको इटा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोम | इटालीको दक्षिणी क्षेत्र क्यालाब्रियास्थित क्रोटोन शहरमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु भएको इटा"/>
2026-06-28 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु

फागुन १४, रोम | इटालीको दक्षिणी क्षेत्र क्यालाब्रियास्थित क्रोटोन शहरमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु भएको इटालियन सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

समाचार संस्था एएनएसएका अनुसार कम्तीमा ३० जनाको डुबेर मृत्यु भएको अनुमान गरिएको छ । 

आँधीबेहरीका कारण बाँचेकाहरूको खोजी कार्य जारी थियो ।

एजीआई समाचार एजेन्सीले एक उद्धारकर्मीलाई उद्धृत गर्दै मृतकमध्ये केही महिनाको शिशु पनि रहेको जनाएको छ ।

आप्रवासीहरूको डुङ्गामा अत्यधिक लोड भएको र सम्द्रमा व्यापक छाल आएका कारण डुबेको बताइएको छ।

इटालियन तटरक्षकसँग यसबारे प्रतिक्रियाका लागि सम्पर्क गर्दा तत्काल कुनै प्रतित्रयिा दिन अस्वीकार गरेका छन् ।

इटालीकोसरकारले आप्रवासीको उद्धारसम्बन्धी विवादास्पद नयाँ कानुन संसदबाट पारित गरेको केही दिनपछि यस्तो पछिल्लो त्रासदी आएको हो ।

इटालीको दक्षिणपन्थी सरकारका प्रधानमन्त्री जियोर्जिया मेलोनीले अक्टोबरमा आंशिक रूपमा इटालियन तटमा पुग्ने आप्रवासीहरूको प्रवाहलाई रोक्ने प्रतिवद्धतापछि सरकारमा बहुमत प्राप्त गर्नुभएको थियो । उहाँ इटालीको फासिस्ट ब्रदर्स पार्टीका नेता हुनुहुन्छ । 

नयाँ कानुनले आप्रवासीको सहायताका लागि एक पटकमा एउटा मात्र डुङ्गा उद्धार प्रयास गर्न बाध्य बनाएको छ । आलोचकहरूले मध्य भूमध्यसागरमा डुब्नेहरूको सङ्ख्या बढाउने खतरा रहेको बताउनुभएको छ । 

युरोपमा शरण लिन चाहनेहरूका लागि यो मार्ग संसारकै सबैभन्दा खतरनाक मार्ग मानिन्छ ।

द्वन्द्व र गरिबीबाट भागेर युरोपमा राम्रो जीवनको आशासहित ठूलो सङ्ख्यामा मानिसहरू अफ्रिकाबाट इटाली हुँदै यूरोप र अमेरिका जाने गर्छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी