2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मौसमी कामदारमा पठाउँछु भन्नेलाई पैसा नबुझाउनू : वैदेशिक रोजगार विभाग

फागुन १५, काठमाडौँ | वैदेशिक रोजगार विभागले पछिल्लो समय मौसमी कामदार पठाउने भन्दै विभिन्न सामाजिक सञ्जाल र अनलाइन माध्यमहरुमा भ्रामक सूचना प्रकाशन भएकोमा आपत्ति जनाएको छ । श्रमिकहरुलाई खास गरी दक्षिण कोरिया पठाउने भन्दै सूचना प्रकाशन भएको र उजुरीहरु समेत प्राप्त हुने गरेको विभागले जनाएको छ ।

मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ को दफा ४ अनुसार मौसमी कामदारको रुपमा जाने कामदारले कुनै पनि शुल्क तिर्नु बुझाउनु नपर्ने व्यवस्थाको बिपरीत कतिपय व्यक्तिहरुले भ्रामक सूचना फैलाएर रकम उठाउने गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट यस विभागमा जानकारीमा आएको विभागले एक सूचना जारी गर्दै बताएको छ ।

उक्त निर्देशिका बमोजिम मौसमी कामदार माग गर्ने र पठाउने सम्बन्धमा प्रारम्भिक प्रक्रियाको लागि सम्बन्धित नियोग र यस विभागमा हालसम्म कुनै डकुमेन्ट पेश नभएको विभागले बताएको छ ।

‘अतः दक्षिण कोरिया लगायत कुनैपनि मुलुकमा मौसमी कामदारमा पठाइदिने भनी कुनै व्यक्ति/संस्थाको भ्रममा नपर्न, रकम नबुझाउनु हुन, कुनै जानकारी आवश्यक भए स्थानीय निकायको आधिकारिक पदाधिकारी वा यस विभाग वा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा वा अन्य फोनमा सम्पर्क गरी सत्य तथ्य बुझ्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते