2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कतार जाने नेपालीको संख्या ५० प्रतिशतले घट्यो

फागुन १५, काठमाडौँ | कतार विश्वकप फुटबलपछि वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्यामा निकै गिरावट आएको छ । विश्वकप अगाडि जुन चापमा नेपालीहरू गइरहेका थिए । अहिले भने त्यो तुलनामा ५० प्रतिशतले कमी आएको छ । विगतको तुलनामा अहिले कतारका लागि श्रम स्वीकृति लिनेको संख्या ५० प्रतिशतले घटेको हो । 

वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति लिनेको संख्या भने विगतको तुलनामा ७० प्रतिशतले कमी आएको छ । कार्यालयको कतार शाखा प्रमुख सुर्य रेग्मीले विगतको तुलनामा अहिले श्रम स्वीकृति लिनेको संख्या ७० प्रतिशतले कमी आएको बताए । 

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत साउनमा ४ हजार ९६९ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै भदौंमा ४ हजार ९८४ जनाले कतार जानका लागि श्रम स्वीकृति लिएका थिए । भने असोजमा ४ हजार ५८६, कात्तिकमा ४ हजार ३१३ जनाले श्रम स्वीकृति लिएका थिए ।  त्यसपछिबाट भने श्रम स्वीकृति लिनेको संख्या आधाले घटेको देखिन्छ । मंसिरमा २ हजार ६६५ जनाले कतार जानका लागि श्रम स्वीकृति लिएका थिए । त्यस्तै पुसमा २ हजार ५०६ र माघमा २ हजार ८२९ जनाले श्रम स्वीकृति लिएका थिए । 


कतारमा अहिले कम्पनीहरूले धमाधम कामदार कटौती गर्न थालेको त्यहाँ रहेका नेपालीहरूले बताएका छन् । विगत ८ वर्षदेखि कतारमा रहेका बुटवलका प्रदिप भुसालले अहिले कतारमा निकै सुनसान भएको बताए ।  ‘पहिलो त धमाधम काम पाइन्थ्यो । जस्तो भन्यो त्यस्तै कम्पनीमा काम गर्न सकिन्थ्यो । अहिले त पुरै सुनसान छ । कम्पनीहरूले धमाधम कर्मचारी कटौती गर्न थालेका छन् ।’ उनले भने । 

काम दिन नसकिने भन्दै कम्पनीहरूले धमाधम घर फर्किन भनिरहेका छन् । कतारमा पछिल्लो समय काम परिवर्तन पाइन्छ । अनलाइनबाटै कुनै अर्को कम्पनी चेन्ज गरेर काम गर्न सकिने अवस्था हुन्छ । र अध्यागमन विभागले सजिलै नयाँ कम्पनीले अद्यावधिक गराईदिन्छ । नत्र अन्य देशको जस्तै कम्पनी चेन्ज गर्न नपाउने भए धेरै नेपाली तथा विदेशी कामदार घर फर्किनुपर्ने अवस्था आउने थियो । 

झापाका रमेश माझीले अहिले कम्पनीले घर फर्किनुपर्ने सूचीमा आफ्नो नाम समेत राखेको बताए । तर, उनले घर फर्किनुको सट्टा २२ सय रियाल (७७ हजार नेपाली रूपैयाँ) तिरेर कम्पनी चेन्ज गरेका छन् । चेन्ज गरेको कम्पनीमा पनि सोचे अनुसार ड्यूटी पाउन सकेका छैनन् । ‘हप्तामा २ दिन काम दिइरहेको छ । अब यता पनि राम्रोसँग काम गर्न सकिएला जस्तो छैन् । २२ सय रियाल तिरेर कम्पनी चेन्ज गरेर बेकार भयो । त्यो भन्दा त घर फर्किनुपर्ने रहेछ’ उनले भने । 

१०० जना काम गर्ने उनको पुरानो कम्पनीमा अहिले २० जना मात्रै राखेको छ । बाँकीलाई स्वदेश जाउँ भनेर पठाएको थियो । त्यही कारणले उनले कम्पनी चेञ्ज गरे । तर, नयाँ कम्पनीले पनि घर जाउँ भनिरहेको छ ।  १० औं हजार कामदार रहेका ठूल्ठूला कम्पनीहरूले समेत अहिले अत्यधिक मात्रामा कामदार कटौती गर्न थालेका छन् । कतिपय कम्पनीहरूले विश्वकप कतारको समापनसँगै श्रमिकहरूलाई विकल्प खोज्न भनिसकेका थिए ।  

कम्पनीहरूले कतिपय कामदारहरूलाई जगेडाको रूपमा समेत राख्ने गरेको माझीको भनाई छ । ‘कम्पनीले घर जाउँ पनि भनेको छैन् । काममा आउँ पनि भनेको छैन् । कोठामै बसिरहेका छन् । कुनै दिन काममा बोलाउँछ । के गर्ने के गर्ने भनेर धेरै साथीहरू विचल्लीमा परेका छन् ।’ उनले भने ।  कतिपय कम्पनीले तल्लो तहका लेबरहरूलाई तलब दिएका छन् । तर, माथिल्लो तहका कर्मचारीहरूले भने तलब समेत पाउन सकेका छैनन् । पछिल्लो समय कतारस्थित नेपाली राजदूतावासमा श्रमिकहरूले यस्तै खालका गुनासा लिएर जाने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते