2026-07-25 12:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘सेवाग्राहीका अनुहारमा सन्तुष्टि देखिने काम गरौँ’:भूमि व्यवस्थापन मन्त्रालय

फागुन १६, काठमाडौँ | भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मध्यस्थकर्ताको नभई सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न भूमि प्रशासकलाई निर्देशन दिएको छ ।

भूमि प्रशासन जनतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले भूमि प्रशासनको सेवालाई जनमुखी र गुनासोरहित बनाउन पछिल्लो समय मन्त्रालयले सुशासनका लागि विभिन्न प्रयासहरू गर्दै आएको छ ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले कार्यालयमा पेस हुन आएका हरेक काममा मध्यस्थको होइन सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न मातहतका कार्यालय प्रमुखलाई सुझाव दिएको बताउनुभयो ।

सचिवसँग कार्यालय प्रमुख कार्यक्रममा उहाँले नापी र मालपोत कार्यालयका प्रमुखलाई भूमि प्रशासक, राजस्व प्रशासक, अभिलेख व्यवस्थापक र सेवा प्रदायकको भूमिकामा रही सार्वजनिक प्रशासन र शासन प्रणालीको साख अभिवृद्धि गर्ने कार्यमा सकारात्मक योगदान दिन आग्रह गर्नुभएको हो ।

 उहाँले भन्नुभयो, “भूमि प्रशासनको सेवा हरेक जनतासँग कुनै न कुनैरूपमा जोडिएको हुँदा हामीले सेवाग्राहीले असहज र कठिनाइ महसुस नगर्ने गरी सेवा प्रवाह गर्नपर्छ ।”

लेखापढी व्यवसायीहरूले लिने शुल्कलाई पारदर्शी बनाई सेवाग्राहीले तोकिएको भन्दा बढी रकम तिर्न नपर्ने गरी टाइमकार्ड अनुरुपको सेवा प्रदान सल्लाह दिँदै उहाँले सेवाग्राहीहरूको बढी भीड हुने कार्यालयले टाइमकार्ड अनुरुपको सेवा दिन  प्रमुखको थप तदारुकताको आवश्यकता रहेको बताउनुभयो । 

उहाँले कार्यालय प्रमुखलाई गुनासो पेटिका, गुनासो एकाइ, समाचार माध्यम, मन्त्रालयको सुशासन एकाइ र विभिन्न निकायमा आउने गुनासो तत्काल सम्बोधन गर्न तथा उजुरीको तत्काल फछ्र्योट गर्ने व्यवस्था मिलाउन सुझाव दिनुभयो ।

 मन्त्रालयले विभागीय र कार्यालय प्रमुखले मातहतका शाखाको नियमित अनुगमन गर्न र पाइएका कैफियतहरूको सुधार गरी मन्त्रालयमा प्रगति पठाउन उक्त यसअघि नै निर्देशन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक