असोज ५ पर्वत । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको खुसियालीमा देशभर दिपावली गरी संविधान दिवस मनाइरहदा पर्वतमा सक्रिय रहेका विभिन्न संघसंस्थाले आफ्नै खाले शैलीबाट संविधान दिवस मनाएका छन् ।
    एकता युवा क्लबले संविधानको पहिलो बार्षिकोत्सव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ५ पर्वत । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको खुसियालीमा देशभर दिपावली गरी संविधान दिवस मनाइरहदा पर्वतमा सक्रिय रहेका विभिन्न संघसंस्थाले आफ्नै खाले शैलीबाट संविधान दिवस मनाएका छन् ।
    एकता युवा क्लबले संविधानको पहिलो बार्षिकोत्सव"/>
2026-06-17 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शैक्षिक सामाग्री वितरण तथा दिप प्रज्वलन गरी संविधान दिवस मनाइयो

2016-09-21

असोज ५ पर्वत । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको खुसियालीमा देशभर दिपावली गरी संविधान दिवस मनाइरहदा पर्वतमा सक्रिय रहेका विभिन्न संघसंस्थाले आफ्नै खाले शैलीबाट संविधान दिवस मनाएका छन् ।
    एकता युवा क्लबले संविधानको पहिलो बार्षिकोत्सवको अबसरमा शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबका अध्यक्ष अच्यूत तिवारीका अनुसार कुश्मा नगरपालिका ९ मा रहेका गरिब, जेहेन्दार तथा असहाय विद्यार्थीलाई स्टेसनरी, खेलकुद सामाग्री तथा संबिधानको पुस्तक वितरण गरी संविधान दिवस मनाइएको हो । जिल्लामा सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको क्लबले क्ुश्मा बजारलाई ग्रिन सिटी, प्लाष्टिक मुक्त समाज बनाउनको लागि अभियान नै चलाएको छ ।
यसै विच सिसेफ नेपालले दिवसकै अबसरपारी कुश्मा बजारमा दिप प्रज्वलन गरेको छ ।
     उक्त क्लवका सदस्यहरुले दिवसको खुशीयालीमा दिप प्रज्ज्वलन गरेको बताएका छन् । दश बर्षे जनयुद्ध, ०४६ जनआन्दोलन र २०६२।०६३ को दोस्रो जनआन्दोलनपछि संविधानसभाबाट    जारी भएको संविधानको स्वागतको  लागि मैन बत्ती बालेर दिप प्रज्वलन गरिएको सिसेफ नेपालकी सचिव कामना रेग्मीले बताइन् ।
     लामो समयपछि संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको लागि शीर्ष राजनीतिक दलहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने संविधान दिवसमा खुशीयाली मनाउने सर्वसाधारणको भनाई छ ।
    १२ बुदेँ विस्तृत शान्ति सम्झौता र ६५ बर्षको लामो समय अवधि पछि मात्रै नागरिकले संविधानसभाबाट संविधान पाएकोले यसको संस्थागत गर्नको लागि सवै एक हुनुपर्ने सहभागी नागरिकहरु बताउँछन् ।  सरकारले संविधान दिवसको अबसरपारी यहि असोज २, ३ र ४ गते घरघरमा दिप प्रज्लन गरी संविधान दिवस मनाउन आह्वान गरेको थियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ