६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शङ्करपुरका बाढीपीडितको एक दशकदेखि जङ्गलमै बास

५ आश्विन २०७३, बुधबार ०६:३३

असोज ५, कञ्चनपुर । पुनःस्थापनाको कार्य नहुँदा एक दशकदेखि कञ्चनपुरको शङ्करपुरका बाढीपीडित परिवार जङ्गलमै बस्न बाध्य भएका छन् ।

दोदा नदीको बाढीले विसं २०६५ देखि हालसम्म गरी शङ्कपुरका १६३ परिवारको २५० बिघा दर्ता जग्गा बगाई पूर्णरुपमा विस्थापित बनाई जङ्गलमा छाप्रो बनाएर बस्न बाध्य पारेको हो । स्थानीयवासीका अनुसार दोदा नदीले २०६५ सालमा शङ्करपुर गाविसको ७ नम्बर वडा नै बगाएको थियो । 

दोदा नदीले घरजग्गा बगाएपछि विस्थापित परिवार शोभातालको डाँडामा बस्दै आएका छन् । एक दशकदेखि जङ्गलमा बस्दै आए पनि पुनःस्थापनका लागि कुनै निकायले चासो नदिँदा कष्ट सहेर बस्नु परेको विश्राम रानाले बताउनुभयो । “दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएका बाढीपीडित परिवारका बालबालिका आर्थिक अभावले विद्यालय जानसमेत सकेका छैनन्,” उहाँले भन्नुभयो । 

आर्थिक रुपमा सम्पन्न भएका बसाइँ सरेर अन्यत्र गए आर्थिक रुपमा विपन्न परिवार जङ्गलमै बस्दै आएको उहाँले बताउनुभयो । नदीले बायाँबाट दायाँतिर धार परिवर्तन गर्दै जाँदा उक्त जग्गमा बालुवाले पुर्दा काम नलाग्ने भएको शङ्करपुर–८ का बालकृष्ण डगौराले बताउनुभयो । यस वर्ष मात्रै चार दिनको दोदा नदीमा आएको बाढीले शङकरपुर–७ र ८ का स्थानीय बासिन्दाको दुई बिघा १० कट्ठा जमिन बगाएको गाविसका सचिव सुरेन्द्र चन्दले बताउनुभयो । 

जग्गा कटानी र बस्ती जोगाउनका लागि तटबन्ध निर्माणको कार्यलाई निरन्तर रुपमा अगाडि बढाउनु जरुरी रहेको उहाँको भनाइ छ । यहाँका स्थानीयवासीले स्थायी प्रकृतिको तटबन्ध निर्माणको कार्यलाई यथाशीघ्र अगाडि बढाइनुपर्ने माग गरेका छन् । “दोदाबाट शङ्करपुर–८ र ९ उच्च जोखिममा छन्”, काशिराम जोशीले भन्नुभयो, “जनताको तटबन्ध कार्यालयले रु १४ करोडको लागतमा दोदा नदीमा दुई हजार ६५५ मिटर तटबन्ध बनाएको छ, यसलाई अझै सबै क्षेत्रमा विस्तार गरिनुपर्छ”, उहाँले भन्नुभयो । 

कञ्चनपुरका आठ गाविस कृष्णपुर, देखतभुली, शङ्करपुर, श्रीपुर, वाइसेविचवा, कालिका, त्रिभुवनबस्ती तथा परासनमा दोदा नदीले बर्सेनि क्षति पु¥याउँदै आएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाभरिमा ३५० भन्दा बढी पीडित रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा