2026-06-17 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा वैदेशिक रोजगारीको प्रभाव अस्थायी परिवारनियोजन साधनमा पनि

2016-09-21

असोज ५, रोल्पा । अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएका कारण रोल्पा जिल्लामा अस्थायी परिवारनियोजनको साधन प्रयोगकर्ता घटन थालेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयकाअनुसार अघिल्लो आर्थिक वर्षमा अस्थायी परिवारनियोजनको साधन प्रयोगकर्ता ३८ प्रतिशत रहकोमा गतवर्ष यो दर घटेर ३७ प्रतिशतमा झरेको छ । 

घरमा श्रीमान् हुँदा गर्भवती हुने डरका कारण अस्थायी साधन प्रयोगकर्ता बढ्ने गरेको भए पनि रोल्पाका अधिकांश विवाहित पुरुष वैदेशिक रोजगारीमा रहेकाले अस्थायी परिवारनियोजनको साधन आवश्यक नहुँदा तिनको प्रयोगकर्ता घटेको हुनसक्ने उक्त कार्यालयका नर्स आशा थापाले बताउनुभयो । 

परम्परागत सुरक्षित तरिका अपनाएर पनि शारीरिक सम्बन्ध राख्ने दम्पतीको सङ्ख्यामा आएको वृद्धिले पनि अस्थायी साधन प्रयोगकर्ता घटेको हुनसक्ने उहाँको भनाइ छ । 

अघिल्लो आर्थिक वर्षमा पिल्स १०४३ जना, डिपो चार हजार ४८४ जना र नरपलान्ट पाँच हजार ४२० जनाले प्रयोग गरेकामा गत वर्ष पिल्स ९८२ जना, डिपो तीन हजार ४९१ जना, नरप्लान्ट ७१६ जनाले प्रयोग गरेका थिए । 

जिल्ला जनस्वास्थ्य कार्यालय र मातहतका स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्या अघिल्लो वर्ष ८४ प्रतिशत रहेकामा गतवर्ष ८५ प्रतिशत पुगेको छ । 

जिल्लामा अझै १५ प्रतिशत महिलाले असुरक्षित प्रसूति गराउने देखिएको छ । स्वास्थ्य संस्थामा २० वर्ष मुनिका महिला गर्भ परीक्षण गराउन निकै कम आउने गरेको देखिएको छ । कम उमेरमै विवाह गरी गर्भवती हुने महिला लाजले पजि स्वास्थ्य संस्थामा निकै कम आउने गरेको थापाले बताउने भयो ।

जिल्लामा कम उमेरमै गर्भवती हुने महिलाले नियमित रुपमा स्वास्थ्य संस्थाबाट परीक्षण नगराउने गरेकाले मातृ तथा शिशुको मृत्युमा अपेक्षाकृत सुधार हुन नसकेको उहाँको भनाइ छ । रासस÷ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ