४ बैशाख २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

सामाजिक सञ्जालले जुटायो उपचार खर्च

१९ फाल्गुन २०७९, शुक्रबार १०:०३

फागुन १९, तनहुँ | तनहुँको भानु नगरपालिका–१३ का सामाजिक अभियान्ता गलबहादुर गुरुङले  सामाजिक सञ्जाल मार्फत एक बालकको उपचार सहयोग खर्च जुटाउनुभएको छ । फोक्सो र कलेजोबाट पीडित सोही वडा निवासी १६ वर्षीय मनोज मौरातीको उपचारका लागि गुरुङले सामाजिक सञ्जालको प्रयोग गरी उपचारमा सहयोग पु¥याउन खर्च जुटाउनुभएको हो । 


फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि पीडित बन्नुभएका मौरातीको उपचारका लागि गुरुङको सक्रियतामा देश तथा विदेशबाट उपचार खर्च जुटाइएको छ । हालसम्म रु तीन लाख ५० हजार सङ्कलन भएको गुरुङले बताउनुभयो । 

सङ्कलित रकम दमौलीमा पीडित मौरातीलाई हस्तान्तरण गरिएको छ । उठेको रकममध्ये रु एक लाख ७८ हजार चार सय ७८ आज हस्तान्तरण गरिएको हो । बाँकी रकम भने यसअगाडी नै पीडितलाई हस्तान्तरण भइसकेको छ । 

बुबाको मृत्यु भइसकेको र घरको आर्थिक अवस्था कमजोर भएपछि मौरातीको परिवारले सहयोगको अपिल गरेको थियो । गुरुङले मौरातीको उपचारका लागि सहयोगको अपिल गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् अनुरोध गरेपछि तनहुँ घर भई विभिन्न देश पुगेका तथा जिल्लाबाहिर रहेकाहरुले सहयोग गरेका छन् । 

“अहिलेको सूचना प्रविधिको युगमा सामाजिक सञ्जालको प्रयोग गर्दै केही रकम सङ्कलनको प्रयास गरेका छौ, यो रकमले बालकको उपचारमा सहयोग पुग्ने विश्वास लिएका छौ,” गुरुङ भन्नुहुन्छ, “हालसम्म उठेको रकम पीडितलाई हस्तान्तरण गरेका छौ । अझैपनि केही दाताहरुले रकम हस्तान्तरण गर्न बाँकी छ ।”

गत भदौदेखि मौरातीले फोक्सो र कलेजोमा समस्या आएपछि औषधि सेवन गरिरहनुभएको छ । उपचारका क्रममा फोक्सो र कलेजोमा जुकाले अण्डा पारेको पत्ता लागेको थियो । “सुरुमा खोकी लाग्ने, वान्ता आउला जस्तो हुने लक्षण देखिएको थियो, पछि उपचारका लागि परीक्षण गराउँदा त्यस्तो रोग लागेको पत्ता लाग्यो,” पीडितका दाई कृष्ण मौरातीले भन्नुभयो, “घरको आर्थिक अवस्था राम्रो नभएपछि सहयोगको अपिल गरिरहेका छौ ।”

पीडित बालकको फोक्सोको ‘ओपन सर्जरी’ गरिएको छ भने कलेजोको सर्जरी गर्न बाँकी छ । “फोक्सोको ओपन सर्जरी सफल भइसकेको छ, दोस्रो पटक कलेजोको पाइपमार्फत् शल्यक्रिया गरिएको थियो, केही समयपछि चिकित्सकले पुनः उपचारका लागि बोलाएका छन्,” उहाँले बताउनुभयो । सबैले धेरैथोरै सहयोग गरिदिए बालकको उपचारमा सहयोग हुने भन्दै उहाँले सहयोगको अपिल गर्नुभएको छ । बालकको उपचारका लागि हालसम्म रु तीन लाख भन्दा बढी खर्च भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ