२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनाले पाए नयाँ जीवन

२०७९, १९ फाल्गुन शुक्रबार १०:३८

फागुन १९, काठमाडौँ | मस्तिष्क मृत्यु भएका १७ वर्षीय किशोरबाट सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले तीन जनालाई नयाँ जीवन दिएको छ। केन्द्रले  १६ फागुनमा एकै साथ दुईवटा मिर्गौला र एक कलेजोको सफल प्रत्यारोपण गरेको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार ललितपुर महानगरपालिका-२५ का ६८ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको थियो भने अर्का रुपन्देहीको मायादेवी गाउँपालिका ४ पविका ४७ वर्षीय पुरुष र सिरहाको सिरहा नगरपालिका १ का ३५ वर्षीय पुरुषको सफल मिर्गौला प्रत्योपण गरिएको थियो। 


एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट तीन जनाले नयाँ जीवन पाएको पनि ७३ घण्टा पूरा भइसकेको छ। उनीहरुको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको उनले बताए। 

डा. श्रेष्ठको नेतृत्वमा प्रत्यारोपणमा भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरु पनि बोलाइएको थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मस्तिष्क मृत्यु भएका एक जना व्यक्तिबाट तीन जनाले नयाँ जीवन पाउँदा निकै खुसी लागेको उनले जानकारी दिए। 

‘यो हाम्रो लागि निकै महत्पूर्ण दिन हो’, उनले भने, ‘तीन दिनअघि प्रत्यारोपण गरिएको थियो। तर ७२ घण्टा काटेपछि मात्र बिरामीको अवस्था कस्तो हुन्छ भनेर थाहा हुने भएकाले अहिलेमात्र जानकारी दिएको हो।’

एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अंगहरु २ वटा मृगौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुटु, १ प्याङ्क्रियाज, १ सानो आद्र, लगायतका अंगहरु दान गरी ८ जनाको ज्यान बचाउने डा. श्रेष्ठले जानकारी दिए। । यसरी अङ्गदान भए नेपाल प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्ने उनको भनाइ छ। एक जना मस्तिष्क मृत्यु भएकाले अंगले आठ जनाको ज्यान बचाउन सक्छ।

श्रेष्ठ भन्छन्, ‘अंग प्रत्यारोपणको लागि अंगदान गर्न आवश्यक छ। कानुन पनि बनिसकेको छ तर मस्तिष्क मृत्युबाट हुने अंग प्रत्यारोपण हामीले सोचे जस्तो हुन कसेको छैन। यसको मूख्य कारण जनचेतनाको कमी हो । गाडेर खेर जाने वा जलेर खरानी हुने अंग प्रत्यारोपणमा सबैले जनचेतना फैलाऔं।’

तीन दिनअघि मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगले एकै पटक तीन जनाले नयाँ जीवन पाएपछि अब राम्रो हुँदै जाने आशा लिएको उनले बताए।  उनी भन्छन् ‘६ वर्ष रोपेको बिरुवाबाट फल फल्न लागेको हो कि भन्ने लागेको छ।’ ऐनमा कुनै पनि अस्पतालले मस्तिष्क मृत्यपछि सम्वन्य इकाइलाई खबर गर्नु पर्ने हो तर त्यस्तो पनि नभइरहेको उनले बताए।

नेपालमा वर्षमा एक हजार जनाको मस्तिष्क मृत्यु हुन्छ तर ६ वर्षमा जम्मा पाँच जना मस्तिष्क मृत्यु भएका व्यक्तिकोमात्र अंग दान भएको सम्वन्य इकाई प्रमुख डा कल्पना श्रेष्ठले जानकारी दिइन्। उनी भन्छिन् ‘ती पाँच जना मस्तिष्क मृतकबाट १० जनाको मिर्गौला प्रत्योपण र तीन जनाको कलेजो प्रत्योपण गरिएको छ। यो निकै कम संख्या हो। मुख्य चुनौती भनेको यसबारे जनचेतनाको कमी नै हो।’

मस्तिष्क मृत्यु अंगदान गर्न  अङ्ग फेल भएका व्यक्तिहरुले समय समयमा चेक जाँच गरी प्रत्यारोपणको लागि हाल सहित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रहेको समन्वय इकाईमा नाम टिपाउन सक्नेसमेत उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ