2026-09-07 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानको बलुचिस्तानमा आत्मघाती हमला, कम्तीमा ९ प्रहरीको मृत्यु

फागुन २२, काठमाडौं | पाकिस्तानको बलुचिस्तान प्रान्तमा आत्मघाती बम हमला भएको छ।  पाकिस्तानका अधिकारीका अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा भएको आत्मघाती बम हमलामा कम्तीमा ९ प्रहरी मारिएको जनाइएको छ।

घटना बलुचिस्तान प्रान्तको बोलान सहरमा भएको हो।मारिएका जवानहरू बलुचिस्तान कन्स्टेबुलरीका थिए। बीबीसी उर्दु रिपोर्टका अनुसार सो घटनामा ११ बढि घाइते भएका छन्।

एक अधिकारीका अनुसार कम्बरी पुल नजिकै बलुचिस्तान कन्स्टेबुलरीको गाडीलाई एक मोटरसाइकले ठक्कर दिएको थियो। गाडीमा सावर सुरक्षाकर्मी आइतबार सिबी मेलाबाट ड्युटी सकेर फर्किदै थिए।

बलुचिस्तानका मुख्यमन्त्री मीर अब्दुल कुदौस बिजेन्जोले सुरक्षाकर्मीको गाडीमा भएको बम विष्फोटको निन्दा गर्नुका साथै यसलाई आतंकवादी कार्यको संज्ञा दिँदै मृतक र घाइतेका परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्-बलुचिस्तानलाई अशान्ति र अस्थिरता सृजना गरेर पछाडि धकेल्न षडयन्त्र भइरहेको छ। यस्ता षडयन्त्रलाई जनताको सहयोगले असफल बनाइनेछ।’

पाकिस्तानमा पछिल्लो समयमा सुरक्षाकर्मीलाई निसाना बनाइ आक्रमण भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित