ललित बोहरा/असोज ५, डडेल्धुरा । सशस्त्र द्धन्दको क्रममा मृत्यु वरण गरेका व्यक्तिका नजिकका हकदार मध्ये शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्र्तगत जिल्ला प्रशासन का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/असोज ५, डडेल्धुरा । सशस्त्र द्धन्दको क्रममा मृत्यु वरण गरेका व्यक्तिका नजिकका हकदार मध्ये शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्र्तगत जिल्ला प्रशासन का"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

द्धन्द क्रममा प्रभावित डडेल्धुराका १ सय ३३ व्यक्तिका आफन्तले राहात पाएनन्

५ आश्विन २०७३, बुधबार १२:५७

ललित बोहरा/असोज ५, डडेल्धुरा । सशस्त्र द्धन्दको क्रममा मृत्यु वरण गरेका व्यक्तिका नजिकका हकदार मध्ये शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्र्तगत जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट अहिले सम्म एक सय आठ हकदारले राहत प्राप्त गरेका छन । 

राहात प्राप्त गर्ने एक सय आठ मध्ये ७६ लाई पाँच लाख, २८ लाई चार लाख, तिन लाई तिन लाख तथा एक लाई एक लाख रुपैयाका दरले राहत वितरण गरिएको स्थानिय शान्ति समिती डडेल्धुराले जनाएको छ । 

दिगो शान्ति राष्ट्र विकासको आधार भन्ने नारा सहित विश्व शान्ति दिवसका अवसरमा स्थानिय शान्ति समिती डडेल्धुराले बुधबार डडेल्धुरामा गरेको अन्तरक्रियामा सार्वजनिक गरिएको डडेल्धुरा जिल्लाको द्धन्द पीडित पाश्र्वचित्र किताबमा द्धन्द्ध प्रभावितलाई प्रदान गरिएको राहातको यस्तो विवरण उल्लेख छ । 

द्धन्द प्रभावित भई व्यक्ति तथा संरचनाको लागत संकलन कार्यदलमा समावेश भई हाल सम्म राहत नपाउनेको संख्या डडेल्धुरामा अझै एक सय ३३ रहेको उक्त कितावमा उल्लेख छ । यस्तै किताबमा उल्लेख भए अनुसार राहत नपाउने टुहुरा व्यक्तिको संख्या पाँच छ । 

द्धन्द प्रभावित व्यक्ति परिवार तथा संरचनाको लगत संकलन कार्यादलमा समावेश भएका द्धन्द क्रममा अपांग भएका व्यक्ति परिवारको संख्या डडेल्धुरामा ६५ छ । घाईते अपांगहरुलाई विरण गरिएको जीवन निर्वाह भत्ता अहिले सम्म पाँच जनाले मात्र पाई रहेका छन । 

लगत संकलनमा समावेश भई राहात पाएकमो बेपत्ताको संख्या तिन रहेको कितावमा उल्लेख छ । पुर्नःस्थापनाका लागी विस्तापित व्यक्ति परिवारले पाएको राहात सुविधा अहिले डडेल्धुराका ९४ प्राप्त गरेका छन ।  

सशस्त्र द्धन्दका क्रममा मृत्युवरण गरेका राष्ट्र सेवक सुरक्षाकर्मी सेना, प्रहरी ३६ मध्ये दुई लाई पाँच लाख, दुई लाई तिन लाख र अन्य ३२ लाई एक/एक लाख रुपैँयाका दरले राहत वितरण गरिएको सार्वजनिक गरिएको कितावमा समावेश गरिएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो