2026-09-18 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

पुनः फेसबुक एपमा फर्किँदै मेसेजको इनबक्स, अब मेसेञ्जर एप नभए पनि हुने

फागुन २४, काठमाडौँ | अब फेसबुक एपमै मेसेजको इनबक्स उपलब्ध हुने भएको छ । कम्पनीले एक ब्लगपोस्ट प्रकाशित गर्दै मेसेज इनबक्सलाई पुनः फेसबुक एपमा नै फिर्ता ल्याउने कुराको जानकारी दिएको हो ।

फेसबुकले आफ्नो मुख्य फेसबुक एपबाट मेसेज इनबक्समा पहुँच पाउन सकिने सुविधा सन् २०१६ मा हटाएको थियो । प्रयोगकर्तालाई मेसेञ्जर एप इन्स्टल गर्न लगाउने यो फेसबुकको भद्दा प्रयासको थियो ।

“हामी प्रयोगकर्ताले फेसबुक एपभित्रै मेसेञ्जर इनबक्समा पहुँच पाउन सक्ने सुविधाको परीक्षण गर्दैछौँ र तपाईँहरूले चाँडै यो परीक्षण विस्तार भएको थाहा पाउनु हुनेछ,” ब्लगपोस्टमा भनिएको छ ।

यद्यपि प्रयोगकर्ताको चासोलाई सम्बोधन गर्ने उद्देश्यका साथ कम्पनीले यो कार्य गर्न लागेको भने होइन । ब्लग पोस्ट हेर्दा यो प्रयास कन्टेन्ट फेला पार्ने र शेयरिङ गर्ने कार्यमा जोड दिने उद्देश्यका साथ यसो गर्न लागिएको हो ।

जे भए पनि अब यो स्थायी फिचरको रुपमा उपलब्ध हुने आशा गर्न सकिन्छ । अहिलेसम्म मेसेञ्जर एपमा इनबक्स सीमित गर्ने फेसबुकको कार्य फेसबुककै अर्को एप डाउनलोड गर्न लगाउने तुच्छ तरिका लाग्ने गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई