2026-09-07 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘अमेरिकाले अफगानिस्तानको रकम फिर्ता गर्नुपर्छ’

फागुन २५, संयुक्त राष्ट्रसङ्घ | चीनले अमेरिकी ब्याङ्मा राखिएको अफगानिस्तानको रकम  अमेरिकाले फिर्ता गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका एक जना लागि चिनियाँ कूटनीतिज्ञले अफगानिस्तानको रकम तत्काल फिर्ता गर्न आह्वान गरेका हुन् । सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रका लागि चीनका उपस्थायी प्रतिनिधि गेङ स्वाङले अफगानिस्तानका महिला तथा बालबालिकाहरूको अधिकार र हितको रक्षा गर्न तत्काल अफगानी रकम फिर्ता दिनुपर्ने बताउनुभयो । 

अफगान केन्द्रीय बैंकसँग सम्बन्धित नौ अर्ब ५० करोड डलर बराबरको सम्पत्ति अमेरिकाले रोक्का गरेपछि चिनियाँ कूटनीतिज्ञले रकम फिर्ताका निम्ति आह्वान गर्नुभएको हो । सन् २०२१ को अगष्टमा अतिवादी समूह तालिवानले काबुल कब्जा गरेर सत्ता सम्हालेपछि अमेरिकाले अफगानिस्तानको रकम रोक्का गरेको हो । 

न्युयोर्कको एक अदालतले गत महिना गरेको आदेशलाई उद्धृत गर्दै उपप्रमुख गेङले अफगानी सम्पत्ति रोक्का गर्नु अनुचित भएको बताउनुभयो  । अफगानिस्तानको केन्द्रीय बैंकले न्यूयोर्कस्थित फेडरल रिजर्भ बैंकमा यसअघि जम्मा गरेको तीन अर्ब ५० करोड अमेरिकी डलर जफत गर्न नमिल्ने आदेशसहित दिएको थियो । दुई दशकअघि सेप्टेम्बर ११, २००१ मा न्यूयोर्कमा भएको आतङ्कवादी हमलाबाट पीडित परिवारको उक्त रकम जफत गर्नुपर्ने माग अस्वीकार गरेको थियो ।

अमेरिकाको इतिहासमा भएको हालसम्मको सबैभन्दा त्रासदीपूर्ण आतङ्कवादी आक्रमणका दोषीबाट क्षतिपूर्ति भराउने अधिकार पीडित परिवारलाई भए पनि अफगानिस्तानको केन्द्रीय बैंकको रकम जफत गर्ने अधिकार नभएको आदेशमा उल्लेख गरिएको थियो । आतङ्कवादी हमला अफगान जनता वा अफगानिस्तानले नगरेकाले तालिबानले नै जघन्य आक्रमणको क्षतिपूर्ति तिर्नुपर्ने  फैसला सुनाइएको थियो । 

बाइस वर्षअघि १९ जना आत्मघाती आक्रमणकारीले अपहरण गरेका चारवटा विमान न्यूयोर्कका ट्वीन टावर, वासिङ्टन डिसीमा रहेको अमेरिकी रक्षा मन्त्रालयमा ठोक्काइएको थियो । उक्त हमलामा विमानमा रहेका यात्रीसहित झण्डै तीन हजार जनाको मृत्यु भएको थियोभने  छ हजारभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित