दान बहादुर बुढा | असोज ६, मुगु | २०१७ सम्म मुगुलाई छाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | असोज ६, मुगु | २०१७ सम्म मुगुलाई छाउ"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

छाउपडी कुप्रथा हटाउन मुगुमा अभियान सुरु

६ आश्विन २०७३, बिहीबार ००:४५


दान बहादुर बुढा | असोज ६, मुगु | २०१७ सम्म मुगुलाई छाउपडि मुक्त जिल्ला घोषणा गर्ने उद्श्उले हिजो-आज मुगुमा बिशेषगरी ग्रामीण बस्ती टोल-टोल र सदरमुकाम गमगढी बजारमा कु-प्रथाको रुपमा मानिएको छाउपडी हटाउनको लागी अभियान सुरु भएको छ ।

नेपालको सुदुर पश्चिीमाञ्चल र मध्य पश्चिमाञ्चलमा बिषेश गरी कुप्रथाकोरुपमा जरो गाडेको छाउपडी प्रथाले  गर्दा महिला, किशोरीहरु ४ दिन देखी ७ दिनसम्म छाउ भएको बेला छुट्टै गोठमा ओडारमा बस्ने गाई भैसी भन्दा तल्लो दर्जामा राख्ने, खानेकुराहरु दुध दही माछा मासु, लगायत पोषिलो भिटामीनयुक्त खानेकुरा नदीने, घर भित्र राख्दा देबी देउता रिसाउने, दुध-दही खाँदा गाई-भैसी बहुलाने, छाउ भएको बेला तरकारी बारी, फलफुल बारीका काम गर्न जादा छुई हुने, तरकारी फलफुल कुहुने जास्ता कुप्रथालाई हटाउनको लागी हिजोआज जिल्लामा नेपाल सुकारको अन्तरिम संबिधान ०६४ को छाउपडी प्रथा उन्मुलन निदेशिका अनुसार हिजो जिल्लामा जिल्लास्तरीय समितिको बैठकमा जिल्लामा छाउपडी सम्बन्धित काम गर्ने सरकारी संघ सस्थाहरुलाई एकद्घर प्रणाली बाट छाउपडी सम्बन्धित कुप्रथालाई हटाउने निणर्य पारीत समेत गरीयो ।  

छाउ भएको बेला महिलाहरुले धार्मिक स्थान मठ मन्दीर, धारा, कुवा, बिद्यालय, घरको दोस्रो र तेस्रो तल्लामा नजाने, छाउ भएको बेला बिद्यालयमा पढ्न नजाने, खाना, पानि, लत्ता-कपडा लगाएत अन्य सामानहरु छुट्टै दिने जास्ता प्रथा हटाने अभियानमा मुगुलिहरु जुरमुराएका छन ।


छाउपडी प्रथा उल्मुलन गर्नको लागी काम गर्ने जिल्लामा रहेका आधा दर्जन संघ सस्थाहरुको अनुभव प्रस्तुत गर्दा सबै भन्दा बढी जिल्लामा रहेका गाबिसमा काम गर्ने हिमाली ग्रामीण यूवा समाज बिकास केन्द्रले काकीबाडा, श्रीनगर, रारा, सेरी, रुगा, रोवा, पिना गाबिसको ६ सय ४३ घर धूरीमा छाउपडी तथा लैगिक हिसान्यनीकरण बिश्लेशण आधार सर्भेक्षण  फारम भर्दा सबैभन्दा बढी, धार्मीक कारण ३४८ घरदुरी, परम्परागत  चलन २५४ घर धुरी, समुदायमा नकारात्मक सोच ३३ घर धुरी र अन्य बिभिन्न कारण ८ घर धुरी रहेको ले गदा छाउपडि प्रथा कायम रहेका बैठकमा निचोड आएको छ ।

जिल्लामा रहेको महिला सम्बन्धित काम गर्ने सरकारी निकाय महिला तथा बालबालीका कार्यालय जिल्ला स्थापना २०५७ सालबाट स्थापना भए पनि जिल्लामा छाउपडी कुनै मार्याक्रम नभएको र गत आथिक बर्षमा न्यू २४ ले छाउपडी सम्बन्धित समाचार प्रचारण गरेपछि यो चालु आबमा छाउपडी अन्त गर्नको लागी महिला मन्त्रालय बाट २ लाख २७ हजार बजेट आएका महिला तथा बालबालीका कार्यालय प्रमुख हसीना प्रसाद पराजुलीले बताएकी छिन् । पराजुलीका अनुसार मुगु जिल्लाको २४ गाबिस मध्य मुगुको करान भेगमा रहेका ५ गाबिसमा बस्ने जनजाति बस्तीहरुले छाउपडी प्रथा नमान्ने गरीएको देखिएको छ भने अन्य १९ गाबिसमा ब्यापक रुपमा छाउपडी प्रथा कायमै रहेको बताउछन ।

छाउपडी कुप्रथा हटाउनको लागी सबै भन्दा पहीले शिक्षा, जनचेतना मुलक नाटक पोष्टर पम्पलेट, सडक नाटक, तालिम, गोष्टी, जस्ता कार्याक्रमहरुलाई प्रथामीकता दिनु पर्ने जिन ब्यक्ति छाउपडी अभियानमा लागेका छन उनिहरुको घर बाट परिवतन गरेर जानु पर्ने र जिल्लामा रहेकी अगुवा महिलाहरुबाटै यो अभियान शुरु गर्ने मात्र यो अभियान सफल हुने छाउपडी उन्मुलन जिल्ला संयोजक तथा निमित्त स्थानिय बिकास अधिकारी देबी प्रसाद पाण्डेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ