२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

भिजिट भिसामा काम गर्न खाडीका देश हिँडेका १७ सय २८ जनालाई विमानस्थलबाटै फर्काइयो

२६ फाल्गुन २०७९, शुक्रबार ०९:३६

फागुन २६, काठमाडौँ | भिजिट भिसाको आवरणमा खाडीका देशमा कामका लागि हिँडेका १७ सय २८ जनालाई परामर्श गरी विमानस्थलबाटै फर्काइएको छ ।

चालु आर्थिक वर्षको वैशाखदेखि फागुन २५ गतेसम्मको अवधिमा भिजिट भिसामा कामका लागि हिँडेका १७ सय २८ जनालाई परामर्श गरी विमानस्थलबाट फर्काइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका अनुसार फागुन महिनाको २५ दिनमा मात्रै खाडीका विभिन्न देशमा काम गर्ने उद्देश्यले भिजिट भिसामा हिँडेका ४ सय ७६ जनालाई विमानस्थलबाट फकाइएको छ ।

विमानस्थलमा सोधपुछको क्रममा सरकारी नियम विपरीत उनीहरू पासपोर्टमा भिजिट भिसा लगाए पनि काम गर्नका लागि खाडीका देश यूएई, ओमान, कुवेत, कतार, कुवेत बहराइनजस्ता देशमा हिँडेको पाइएपछि ब्युरोले विमानस्थलबाटै फर्काएको हो ।

यसरी फर्काइनेमा धेरैजसो महिलाहरू रहेका छन् । महिलाहरूलाई विभिन्न गैरकानुनी एजेण्टहरुले गाउँबाट काठमाण्डौ ल्याउने र पासपोर्ट बनाउनेदेखि जहाज टिकटसम्म आफैँले काटेर भिजिट भिसामा खाडीका देशमा घरेलु काममा पठाउने गरेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘गाउँ गाउँबाट एजेण्टहरुले महिला दिदीबहिनीहरूलाई काठमाण्डौ ल्याउने, काठमाण्डौमा बस्ने खाने व्यवस्था गर्ने र पासपोर्ट बनाएर भिजिट भिसाको प्रक्रिया गरी टिकट पनि आफैँले काटेर खाडीका देशमा पठाउने गरेको पाइएको छ’ प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले भन्नुभयो ‘यसरी महिलालाई पठाएबापत नेपालका एजेण्टले विदेशका एजेण्टबाट डेढदेखि दुई लाख रुपैयाँ पाउँछन् ।’

पछिल्लो पाँच वर्षमा नेपाल प्रहरीमा ७५५ वटा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता भएको छ भने मानव बेचबिखन अनुसन्धान ब्युरोमा मात्रै १९६ मा मुद्दा दर्ता भएको छ । देशभित्रै, भारत, खाडीका विभिन्न देश लगायतबाट पछिल्लो पाँच वर्षमा मानव बेचबिखन तथा ओसारपसारमा परेका एक हजार ५९ जनालाई ब्युरोले उद्धार गरेको जनाएको छ ।

जसमध्ये ६७३ जना महिला र ३८६ जना पुरुष रहेका छन् । उनीहरूमध्ये कतिपय भने परिवारसँग सम्पर्क विहीन भएर हराएका व्यक्तिसमेत रहेको  प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले खाडीका देशमा घरेलु श्रमिकका महिला श्रमिकलाई नेपालबाट पठाउन प्रतिबन्ध लगाएपछि भिजिट भिसामा खाडीका देशमा लग्ने र घरेलु काममा लगाउने प्रवृत्ति बढ्दो छ । यस्तो प्रवृत्तिलाई रोक्न ब्युरो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै टोली खटाएको छ ।

भिजिट भिसामा वा श्रम स्वीकृति नै लिएर हिँडेको भएता पनि सोधपुछको क्रममा मानव बेचबिखन वा ओसारपसारमा पर्ने सक्ने जोखिम देखिएमा परामर्श गरी विमानस्थलबाटै उनीहरूलाई फर्काउने गरेको ब्युरोले जनाएको छ । 

‘भारतमा राम्रो काम र तलब पाउने भन्दै प्रलोभनमा पारेर लगिएको अनुसन्धानमा देखिन्छ भने खाडी राष्ट्रहरूमा पनि कतिपयलाई त श्रम स्वीकृति नै लिएर पठाइएको पाइन्छ भने धेरैजसोलाई चाहिँ भिजिट भिसाको आवरणमा खाडीका देशमा लग्ने र घरेलु काममा लगाएर समस्यामा पार्ने गरेको पाइएको छ’ प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले भन्नुभयो ।

भिजिट अर्थात् घुम्ने भिसामा कसैको विश्वासमा परेर काम गर्न नजान र आफू जाने देश, गर्ने काम, कम्पनी, त्यहाँ भाषा संस्कृति लगायतको बारेमा राम्रोसँग सोधपुछ गरेर मात्र जान पनि उहाँले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य