४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

होलीमा घर गएकी थिइन् डाक्टर सुमेधा, प्रेमीले गरिदिए हत्या

२६ फाल्गुन २०७९, शुक्रबार ११:५१

फागुन २६, काठमाडौँ | जम्मूमा एक महिला डाक्टरलाई उनका प्रेमीले चक्कु हमला गरेर हत्या गरेका छन् । युवकले प्रेमिकाकाे हत्या गरेपछि आत्महत्या गर्ने प्रयास पनि गरे । सूचना पाएपछि पुगेको प्रहरीले घाइतेलाई अस्पताल भर्ना गरेका छन् । साथै, मुद्दा दर्ता गरेर यो घटनाको छानबिन सुरु गरेका छन् ।

महिलाको पहिचान डाक्टर सुमेधा शर्माको रूपमा भएको छ । यस्तै आरोपीको पहिचान डोडा जिल्ला निवासीजौहरगनईको रूपमा भएको छ।


आरोपीका एक आफन्तले प्रहरीलाई जानकारी दिएपछि यो घटना थाहा भएको हो । ती आफन्तले जौहर गनईले फेसबुक पोस्टमा केही निजी कारणले आफ्नो जीवन लीला समाप्त गर्न लागेको भनेर लेखेको भन्दै प्रहरीलाई जानकारी दिए ।

सूचना पाएपछि प्रहरी जम्मूको जानीपुरस्थित जौहरको घर गए । घरको गेट बाहिरबाट बन्द थियो । प्रहरी घरभित्र जाँदा महिला डाक्टर सुमेधाको शव रगतले लत्पत्तिएको भेटे जबकि आरोपीको पेटमा गम्भीर चोटको निशान थियो । प्रहरीले दुबैलाई तत्काल अस्पताल पुर्‍याए ।

प्रहरीले कानुनी औपचारिकता पूरा गरेपछि युवतीको शव उनको परिवारलाई सुम्पिएको छ । आरोपीको स्थिति गम्भीर छ र सरकारी मेडिकल कलेज जम्मूमा उनको उपचार चलिरहेको छ । प्रहरीले हत्याको मुद्दा दर्ता गरेको छ । यसबारे अनुसन्धान जारी छ । स्रोतका अनुसार मृतक सुमेधा शर्मा र आरोपी जौहरबीच प्रेम सम्बन्ध थियो । उनीहरुले जम्मूको एक डेन्टल कलेजबाट ब्याचलर अफ डेन्टल सर्जरी (बीडीएस) गरेका थिए । सुमेधा हाल जम्मू–कश्मीरभन्दा बाहिर एक कलेजबाट एमडीएस गरिरहेकी थिइन् ।

सुमेधा होलीको छुट्टीमा जम्मू गएकी थिइन् र ७ मार्चमा उनी जानीपुरमा आफ्नो प्रेमी जौहरको घर गएकी थिइन् जहाँ यी दुईबीच केही मुद्दामा झगडा भयो र त्यति बेला जौहरले भान्सामा प्रयोग गरिनेचक्कुमार्फत् सुमेधाको हत्या गरिदिए र त्यही चक्कुले आत्महत्या गर्ने कोसिस गरे । आरोपी र मृतक दुबै परिवारले घटनाबारे केही बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता