४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध लाखौँ इजरायली सडकमा

२८ फाल्गुन २०७९, आईतवार १०:३५

फागुन २८, तेलअविव | न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध हजारौँ इजरायली सडकमा उत्रिएका छन् । जनप्रदर्शनका कारण सडक अवरुद्ध भएका छन् । विश्लेषकहरूले विरोधप्रदर्शनलाई देशको इतिहासमा सबैभन्दा ठूलो सडक अवरोध भनेका छन् ।  

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने सरकारी योजनाको बचाउ गर्दै अदालतको शक्तिमा अङ्कुश लगाउने परिवर्तनबाट सरकारका अङ्गहरूबीच सन्तुलन कायम हुने दाबी गर्नुभएको छ । विपक्षीहरूले भने त्यसबाट लोकतन्त्र जोखिममा पर्ने बताएका छन् । शनिबारको जुलुसलाई विपक्षी नेता यायर लापिडले इजरायलको इतिहासमा सबैभन्दा ठूलो सङ्कट भन्नुभएको छ । 

शनिबारको विरोध प्रदर्शनमा पाँच लाख सर्वसाधारण सहभागी भएका विरोधप्रदर्शनका  आयोजकहरूले दाबी गरेका छन् । देशको सबैभन्दा ठूलो शहर तेलअविवमा दुई लाख मानिसले राष्ट्रिय झण्डा बोकेर प्रस्तावित न्यायिक सुधारको विरोध गरेका थिए । जुलुसमा सहभागी तामिर गुयत्साब्रीले  सरकारी योजना  न्यायिक सुधार नभएको बताउँदै त्यसले इजरायललाई पूर्ण तानाशाही पद्धतिमा लैजाने टिप्पणी गरेका छन् । उनले आफ्ना सन्तानको स्वतन्त्रताका निम्ति सडकमा आउनुपरेको बताएका छन् । 

त्यसैगरी उत्तरी शहर हाइफामा ५० हजारभन्दा बढी जुलुसमा सहभागी भएका थिए । विरोधप्रदर्शन सरकारी योजनाहविरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शनको दशौँ हप्तामा प्रवेश गरेको छ । दक्षिणी शहर बेरशेवा आयोजित जुलुसमा विपक्षी नेता लापिडले देशले अभूतपूर्व सङ्कटको सामना गरिरहेको बताउनुभयो । 

“आतङ्कवादको लहरले हामीलाई प्रहार गरिरहेको छ, हाम्रो अर्थतन्त्र ध्वस्तप्रायः भएको छ, देशबाट पैसा पलायन भइरहेको छ । इरानले साउदी अरबसँग हिजो मात्रै नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ तर हाम्रो सरकारले इजरायली प्रजातन्त्रलाई कुचल्ने प्रयास जारी राखेको छ,” तिक्ततापूर्ण इजरायल–इरान सम्बन्धको सन्दर्भ कोट्याउँदै लापिडले भन्नुभयो । 

यसैबीच, अर्को एक घटनामा इजरायली सेनाले वेस्ट बैंक शहर नाब्लस नजिकै तीन सशस्त्र प्यालेष्टिनीलाई गोली हानी मारेको इजरायली सेनाले जनाएको छ । बन्दुकधारीहरूले इजरायली सेनाको चौकीमा गोली चलाएपछि सेनाले जवाफी कारबाही गरेको थियो । प्यालेस्टिनी अधिकारीहरूले घटनाबारे कुनै टिप्पणी गरेका छैनन् ।  हालैका महिनामा प्यालेष्टाइन र इजरायलबीच हिंसामा उल्लेखनीय वृद्धि भएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुल दक्षिणपन्थी दलहरूको सहयोगमा गत डिसेम्बरमा सत्ता गठबन्धन गरेपछि वेस्ट बैंकको अवस्था ज्यादै खराब भएको छ । यो वर्षको प्रारम्भदेखि भड्किएको द्वन्द्वमा परी बालबालिकासहित ८१ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता