२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकामा किन धमाधम बन्द हुँदैछन् बैंक ?

२०७९, २९ फाल्गुन सोमबार ०७:४१

फागुन २९, काठमाडौँ | अमेरिकाको बैंकिङ क्षेत्रमा संकटको स्थिति आएको छ । 

सिलिकन भ्याली बैंकपछि अब सिग्नेचर बैंक पनि बन्द भएको छ । उक्त बैंकमा क्रिप्टोकरेन्सीको स्टक थियो । त्यसमा जोखिम देखिएपछि केही समयका लागि न्युयोर्कको यस क्षेत्रीय बैंकलाई बन्द गर्ने निर्णय लिइएको छ । 

बिजनेस टुडेमा प्रकाशित खबरमा उल्लेख गरिएअनुसार, फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले सिग्नेचर बैंकलाई आफ्नो नियन्त्रणमा लिएको छ । 


सन् २००८ मा अमेरिकामा आएको बैंकिङ संकटपछिको यो यो अर्को ठूलो संकट हो । त्यो वर्ष लेहमन ब्रदर्शले डिफल्ट घोषणा गरेको थियो । त्यसपछि अमेरिका समेत संसारभरि आर्थिक मन्दी छाएको थियो र अर्थतन्त्र सुस्त बनेको थियो ।

सिग्नेचर बैंक न्युयोर्कको क्षेत्रीय बैंक हो । गत शुक्रवा यसका शेयरमा गिरावट देखिएको थियो । 

बैंकिङ संकट चलिरहँदा अमेरिकाको ट्रेजरी डिपार्टमेन्ट र अन्य बैंक नियामकहरूले संयुक्त बयान जारी गरी सिग्नेचर बैंक वा सिलिकन भ्याली बैंकमा पैसा जम्मा गर्नेहरूलाई कुनै हानि नहुने बताएका थिए । 

यस संकटका विषयमा चर्चा गर्न अमेरिकाको फेडरल रिजर्भले आपतकालीन बैठक सोमवार बोलाएको छ । 

समाचारहरूमा आएअनुसार, फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले एउटा ब्रिज बैंक स्थापित गरेको छ । त्यसले सिग्नेचर बैंकमा पैसा जम्मा गर्ने र कर्जा लिने ग्राहकलाई स्वतः ब्रिज बैंकको ग्राहक बनाउँछ । 

सिलिकन भ्याली बैंक अमेरिकाको १६औं सबभन्दा ठूलो बैंक हो । नयाँ युगका प्रविधि कम्पनी र भेन्चर क्यापिटल लगानीकर्ताहरूलाई सहयोग गर्ने अमेरिकाको प्रमुख बैंक यही हो । 

विगत १८ महिनामा अमेरिकाको फेडरल रिजर्भले ब्याजदर बढाएको छ । त्यसले गर्दा प्रविधि कम्पनीहरूलाई घाटा लागेको छ । 

अमेरिकाका राष्ट्रपति जो बाइडनले बैंकिङ संकटका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउने बताएका छन् । ठूला बैंकको सुपरीवेक्षण प्रणालीलाई बलियो बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । यस्तो स्थिति पुनः आउन नदिन आफूहरू सचेत रहेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा