२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर ठगी

२९ फाल्गुन २०७९, सोमबार १७:१६

फागुन २९, काठमाडौँ। बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत रु १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले फ्याङ्कलीन पाउल नामको सामाजिक सञ्जालबाट आफू बेलायती पुरुष भएको र आफ्नो श्रीमती मृत्यु भएकाले नेपाल आएर बेलायत लैजाने भनी लोभ देखाएर ठगी गरेको पत्ता लागएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  


उनले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई बेलायतकोे नागरिक बताएको र नेपाल आएपश्चात् विवाह गरी बेलायत लैजाने प्रलोभन देखाउनुका साथै जुत्ता, ब्याग, आइफोन, सुनका गरगहना र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाइदिएकाले कुरियरबाट सम्पर्क आउने भनी ठगी गरेको प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । 

त्यसका लागि उनले कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियोसमेत पठाएर पीडितलाई विश्वास दिलापश्चात् कुरियर कार्यालयबाट पार्सल पाउनका लागि एन्टी मनी लउन्ड्रिङ, डेलिभरी चार्ज, भन्सार शुःल्क, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिका नाममा रहेको बैंक खातामा पटकपटक गरी रकम पठाउन लगाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।  

उक्त रकम पठाउन लगाइ ठगी गरेको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य