असोज ६, म्याग्दी । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको बेगखोलामा बाढीको कारण वारपारमा समस्यामा परेका यात्रुलाई सहयोग गर्न अनेरास्ववियुको स्वयम्सेवक टोली खटिएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६, म्याग्दी । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको बेगखोलामा बाढीको कारण वारपारमा समस्यामा परेका यात्रुलाई सहयोग गर्न अनेरास्ववियुको स्वयम्सेवक टोली खटिएक"/>
2026-09-18 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनी–जोमसोम सडकखण्डको बेगखोलामा वारपार गराउन स्वयम्सेवक

असोज ६, म्याग्दी । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको बेगखोलामा बाढीको कारण वारपारमा समस्यामा परेका यात्रुलाई सहयोग गर्न अनेरास्ववियुको स्वयम्सेवक टोली खटिएको छ । 

बाढीले सडक, पुल र बेलिब्रिज बगाएपछि वारपारका लागि समस्यामा परेका सर्वसाधारण र यात्रुको सहयोगका लागि बुधबारदेखि अनेरास्ववियु, म्याग्दीले १० जनाको स्वयम्सेवक टोली खटाएको हो । 

घटनास्थलमा प्रहरीको उपस्थिति रहेपनि त्यहाँ यात्रुलाई वारपार गराउनेले महँगो शुल्क लिएको थाहा पाएपछि त्यस्तो कार्यलाई निरुत्साहित गर्दै यात्रुलाई निःशुल्क वारपारमा सहयोग गर्न स्वयम्सेवकका रुपमा खटिएको अनेरास्ववियु म्याग्दीका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रकाश पौडेलले बताउनुभयो । 

“यहाँ बिचौलियाले एकजनालाई वारपार गराएबापत महँगो शुल्क लिएको पाइयो, यसले यात्रु मर्कामा परेपछि हामी निःशुल्क वारपारमा सहयोग गर्न स्वयम्सेवकका रुपमा खटिएका हौँ”, अध्यक्ष पौडेलले भन्नुभयो । उहाँले यात्रुको सहजताका लागि स्वयम्सेवक खटिएपछि त्यहाँ महँगो शुल्क लिएर यात्रु वारपार गराउँदै आएका विचौलिया विस्थापित बनेको समेत बताउनुभयो । 

अध्यक्ष पौडेलको नेतृत्वमा खटिएको १० जनाको स्वयम्सेवक टोलीले पहिलो दिन सय वटा मोटरसाइकल र सयौँ सर्वसाधारण यात्रुलाई निःशुल्करुपमा वारपारमा सहयोग गरेका छन् । अनेरास्ववियुले बेगखोलामा यात्रुको सहज वारपारका लागि एक सातासम्म दैनिक १० जना स्वयम्सेवक खटाउने निर्णय गरेको छ । 

बाढीपीडितका लागि रु ५० हजार 

यसैबीच, सदरमुकाम बेनीस्थित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयमा रहेका दुई विद्यार्थी संस्थाले बेगखोला बाढीपीडितका लागि आर्थिक सहयोग सङ्कलन गरेका छन् । 

विद्यालयमा रहेको युवा रेडक्रस सर्कल र नेपाल मगर विद्यार्थी सङ्घ माउन्ट एभरेस्टको सक्रियतामा बेनीबजार र पर्वतस्थित पारिबेनीमा घरदैलो कार्यक्रम गरी आर्थिक सङ्कलन गरिएको हो । 

बुधबार दिउँसो करिब ३६ जना विद्यार्थीले विभिन्न चोक एवम् गल्लीमा पुगेर करिब रु ५० हजार आर्थिक सङ्कलन गरेको नेपाल मगर विद्यार्थी सङ्घ माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयका अध्यक्ष विकास फगामीले जानकारी दिनुभयो । माउन्ट एभरेस्टमा रहेका यी संस्थाले यसभन्दा अगाडि समेत विभिन्न खालका सामाजिक काम गर्दै आएका छन् । 

त्यसैगरी, विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने करिब ६०० विद्यार्थी, शिक्षकबाट समेत स्वेच्छिकरुपमा आर्थिक सङ्कलन गरिएको युवा रेडक्रस सर्कलका सचिव सन्दीप शर्माले बताउनुभयो । सङ्कलन गरिएको राहत रकम बेगखोलामा नै पुगेर हस्तान्तरण गरिने विद्यालयका प्रिन्सिपल राजु केसीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई