असोज ६, म्याग्दी । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको बेगखोलामा बाढीको कारण वारपारमा समस्यामा परेका यात्रुलाई सहयोग गर्न अनेरास्ववियुको स्वयम्सेवक टोली खटिएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६, म्याग्दी । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको बेगखोलामा बाढीको कारण वारपारमा समस्यामा परेका यात्रुलाई सहयोग गर्न अनेरास्ववियुको स्वयम्सेवक टोली खटिएक"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनी–जोमसोम सडकखण्डको बेगखोलामा वारपार गराउन स्वयम्सेवक

६ आश्विन २०७३, बिहीबार ०५:१५

असोज ६, म्याग्दी । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको बेगखोलामा बाढीको कारण वारपारमा समस्यामा परेका यात्रुलाई सहयोग गर्न अनेरास्ववियुको स्वयम्सेवक टोली खटिएको छ । 

बाढीले सडक, पुल र बेलिब्रिज बगाएपछि वारपारका लागि समस्यामा परेका सर्वसाधारण र यात्रुको सहयोगका लागि बुधबारदेखि अनेरास्ववियु, म्याग्दीले १० जनाको स्वयम्सेवक टोली खटाएको हो । 

घटनास्थलमा प्रहरीको उपस्थिति रहेपनि त्यहाँ यात्रुलाई वारपार गराउनेले महँगो शुल्क लिएको थाहा पाएपछि त्यस्तो कार्यलाई निरुत्साहित गर्दै यात्रुलाई निःशुल्क वारपारमा सहयोग गर्न स्वयम्सेवकका रुपमा खटिएको अनेरास्ववियु म्याग्दीका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रकाश पौडेलले बताउनुभयो । 

“यहाँ बिचौलियाले एकजनालाई वारपार गराएबापत महँगो शुल्क लिएको पाइयो, यसले यात्रु मर्कामा परेपछि हामी निःशुल्क वारपारमा सहयोग गर्न स्वयम्सेवकका रुपमा खटिएका हौँ”, अध्यक्ष पौडेलले भन्नुभयो । उहाँले यात्रुको सहजताका लागि स्वयम्सेवक खटिएपछि त्यहाँ महँगो शुल्क लिएर यात्रु वारपार गराउँदै आएका विचौलिया विस्थापित बनेको समेत बताउनुभयो । 

अध्यक्ष पौडेलको नेतृत्वमा खटिएको १० जनाको स्वयम्सेवक टोलीले पहिलो दिन सय वटा मोटरसाइकल र सयौँ सर्वसाधारण यात्रुलाई निःशुल्करुपमा वारपारमा सहयोग गरेका छन् । अनेरास्ववियुले बेगखोलामा यात्रुको सहज वारपारका लागि एक सातासम्म दैनिक १० जना स्वयम्सेवक खटाउने निर्णय गरेको छ । 

बाढीपीडितका लागि रु ५० हजार 

यसैबीच, सदरमुकाम बेनीस्थित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयमा रहेका दुई विद्यार्थी संस्थाले बेगखोला बाढीपीडितका लागि आर्थिक सहयोग सङ्कलन गरेका छन् । 

विद्यालयमा रहेको युवा रेडक्रस सर्कल र नेपाल मगर विद्यार्थी सङ्घ माउन्ट एभरेस्टको सक्रियतामा बेनीबजार र पर्वतस्थित पारिबेनीमा घरदैलो कार्यक्रम गरी आर्थिक सङ्कलन गरिएको हो । 

बुधबार दिउँसो करिब ३६ जना विद्यार्थीले विभिन्न चोक एवम् गल्लीमा पुगेर करिब रु ५० हजार आर्थिक सङ्कलन गरेको नेपाल मगर विद्यार्थी सङ्घ माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयका अध्यक्ष विकास फगामीले जानकारी दिनुभयो । माउन्ट एभरेस्टमा रहेका यी संस्थाले यसभन्दा अगाडि समेत विभिन्न खालका सामाजिक काम गर्दै आएका छन् । 

त्यसैगरी, विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने करिब ६०० विद्यार्थी, शिक्षकबाट समेत स्वेच्छिकरुपमा आर्थिक सङ्कलन गरिएको युवा रेडक्रस सर्कलका सचिव सन्दीप शर्माले बताउनुभयो । सङ्कलन गरिएको राहत रकम बेगखोलामा नै पुगेर हस्तान्तरण गरिने विद्यालयका प्रिन्सिपल राजु केसीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने