यूएसएनआई नामक न्युज वेबसाइटल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यूएसएनआई नामक न्युज वेबसाइटल"/>
2026-06-30 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चिनियाँ रकेट नेपालको आकाशमा डढेर नष्ट भएको अमेरिकाको दाबी

चैत १, काठमाडौँ | अन्तरिक्षमा गुप्तचर भूउपग्रह पठाउनका लागि उपयोग गरिएको चिनियाँ रकेटका अवशेषहरू नेपालको आकाशमाथि डढेर नष्ट भएको यूएसएनआई नामक न्युज वेबसाइटले खबर दिएको छ । 

यस्तै किसिमको घटना गत साता अमेरिकाको टेक्ससमा पनि भएको उक्त वेबसाइट लेख्छ । 

चाङ चङ २डी लंग मार्च रकेट २०० भन्दा बढी दिन अन्तरिक्षमा रहेपछि वायुमण्डलमा पुनः प्रवेश गरेको थियो र नेपालको आकाशमाथि डढेर नष्ट भएको थियो, अन्तरिक्ष भौतिकशास्त्री जोनाथन मकडावेलले यूएसएनआईलाई बताए । 

चार टन तौलको अन्तरिक्ष कुडाकर्कट चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनको वाई–६५ मिसनको एक अंग थियो । त्यसले तीनवटा सैन्य विद्युतीय निगरानी भूउपग्रहहरू गत जुलाई २९ मा मध्य चीनको सिचाङ भूउपग्रहीय प्रक्षेपण केन्द्रबाट पठाएको मकडावेलले यूएएनआई न्युजलाई बताए । 

मकडावेलका अनुसार, चिनियाँ रकेट पश्चिम नेपालको आकाशमाथि डढेर नष्ट भएको थियो । 

‘चिनियाँहरूले यो रकेट प्रक्षेपण गर्दा सन् २०२३ मै कुनै समयमा संसारको कुनै ठाउँमा रकेट पुनः प्रवेश गर्ने योजना बनाएका थिए,’ मकडोवेल बताउँछन्, ‘त्यो त्यति राम्रो वा विशिष्ट योजना त हैन तर एक किसिमको योजना चाहिँ हो ।’

चीनले अन्तरिक्षमा छोडेका कुडाकर्कटलाई अनियन्त्रित रूपमा वायुमण्डलमा पुनः प्रवेश गर्न दिने गरेको भन्दै आलोचना गर्ने गरिएको छ । गत नोभेम्बर महिनामा लंग मार्च ५ रकेटको २३ टन भाग प्रशान्त महासागरमा अनियन्त्रित रूपमा खसेको थियो । तर त्यसअघि संसारभरि चेतावनी जारी गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ